Sunday, 12 April 2026

सत्य घटनामा आधारित यातायात व्यवस्था विभागसंग सम्बन्धित कथा “घुस”

 


सत्य घटनामा आधारित यातायात व्यवस्था विभागसंग सम्बन्धित कथा


“घुस”


प्रकाश आचार्य


 


कुरो केही बर्ष पहिलेको हो । उपेन्द्रकी श्रीमतिले स्कुटर नचलाएको पाँच बर्ष भएछ । लामो समय स्कुटर नभएकाले उनले लाइसन्सको बारेमा आइनु साइनु गर्नु परेको थिइन । उपेन्द्रले एक दिन दराज खोलेको त उनको मोटरसाइकल चलाउने लाइसन्स देखेर यसो हे¥यो र भन्यो “ओ हो देशमा लोकतन्त्र आएताका नविकरण गरेको थियो । पछिल्लो पटक नविकरण गर्ने म्याद सकेको पनि झन्डै २ बर्ष पो भएको रहेछ । लौ जा अब फेरी लाइसन्स लिनु प¥यो भने कति झन्झट बेहोर्नु पर्ने होला” ।


एक पटक त हपा¥यो पनि “के गरेको पछि चलाउनु पर्दा त चाहिन्छ नि ख्याल गर्नु पर्दैन” ।


मन मनै भन्यो “उस्ले पनि के गरोस चलाउन परेको भए पो मतलव हुनु बच्चा हुँदा का कारणले चलाउन छोडी । ”


“हाललाई आवश्यक छैन भनेर भएको स्कुटर पनि बेचेको त मैले नै हुँ नि” उपेन्द्र भुत्भुतायो ।


“वेकारमा गाली गरेछु यै होला पुरुषले महिलालाई हेपेको भनेको” ।


अव आज लाइसन्स नविकरण हुन्छ कि हुन्न म बुझ्न जान्छु भन्ने सोचेर तीन वटा फोटो र उनको नागरिकता बोकेर बसपार्क तिर लाग्यो, यसो फुर्सद मिल्यो भने निस्कन्छु भन्ने सुर गर्दै । ऊ लाइन्सन्स बनाउन एकान्त कुनाको बागमति अञ्चल यातायात कार्यालय पुग्यो । त्याहाँ पुगेर मोटरसाइकल राख्नको टन्टा देखेरै जिल्ल प¥यो । बल्ल बल्ल एउटा कुनामा लगेर थन्क्यो, त्यहाँको सडक हाकिम (पार्किङ्ग ठेक्दारको केटो) को आदेश लिएर । पार्किङ्गबाट निक्लने वित्तिकै बाटा बाटामै टेबुल लिएर टिठ लाग्दा केटाहरु बसेका, जाने बित्तिकै सबैले “तपाई के को लागि ?”


“के सेवा गरुँ ?”


भन्दै थिए लाग्थ्यो कार्यालय नै सडक हो । “सेवाग्राहीलाई के सारो सहयोग गर्न खोजेका”


ऊ मनमनै सोच्दै थियो । ऊ पनि एक जना केटोको टेबलमा पुग्यो र सोध्यो


“भाई म लाईसन्स नविकरण गर्न आएको के गर्नु पर्छ”


“ऊ ती आमाको मा जानुस्” उसले नाक खुम्चाएर भन्यो ।


त्यो केटाले सोचेको रहेछ उपेन्द्र गाडीको काम वा नयाँ लाइसन्स लिन आएको होला जसमा केटोकोे कमाई राम्रै हुन्थ्यो । केटोको सल्लाह बमोजिम उपेन्द्र नजिकै चुरोट, चक्लेट, विस्कुट राख्ने करिव सत्तरी उमेरकी बुढीआमानिर पुग्यो ।


“आमा म लाईसन्स नविकरण गर्न आको”


यति भन्ना साथ ती बुढी आमाले “तीस रुपैयाँ देउ ! ” भनिन् र एउटा फारम च्यातेर दिइन् ।


फारममा लेखिएको थियो रु. पाँच भनेर । त्यो देखेर उस्ले “आमा यस्को त रु पाँच लेखेको छ नि”


त्यो सुनेर उसलाई ती आमालै झन्डै मारेकी । “म यहाँ तिम्रो सेवा गर्न बसेको हो ?”


“लिए लिउ नलिए अर्कै आउँछ, अन्तै गएर लिए भै गो नी ११” पटट पड््की हालीन् ।


विचरा उपेन्द्र ११ उस्ले सोचेको थियो आमा जस्तै देखेर व्यापार गरिदिउँ न त भनेर । लिन पनि कती लिनु पाँच को दश सम्म पो हुन्छ ।


 


त्यसपछि उ कार्यालय परिसर भित्र छि¥यो । यता उता हेर्दै लाइसन्स नविकरण गर्ने फारम खोज्दै खोज्दै एउटा झ्यालमा पुगेर रु. पाँच तिरी फारम लियो । फारम भ¥यो र दर्ता गर्ने ठाउँ सोध्दै खोज्दैै बल्ल पुग्यो । कति रुपयाँ पो ति¥यो बीस तीस त्यस्तै होला जस्तो लाग्छ र एउटा सरीदको टुक्रो हातमा पायो । अनि मेडिकलमा जा भनेकोले खोज्दै पुग्यो मेडिकल गर्ने भनेर लेखेको कोठा नजकि । तर लामो लाईन देखेर एकैछिन त    आत्तियो । “कति काम छोडेर आएको के गर्ने होला” भनेर ।


त्यहाँ एउटी राम्री केटि आइ, हेर्दा मङ्गोलियन जस्तो लाग्ने ।


उसले “दाईको के गर्नु पर्ने ?” सोधी ।


“ए लाइसन्स नविकरण गर्न आएको” उस्ले भन्यो ।


उनले फेरी भनिन् “हामी गर्दिन्छौं नि तपाई लाईन पनि बस्नु पर्दैन” । उपेन्द्रले एकै छिन् सोच्यो र भन्यो “ए हो र भै गो मै गर्न सकिहाल्छु नि” ।


केटीले फेरी करुणा पूर्वक अनुरोध गरी “तपाईले गर्नु भयो भने आज गर्न सक्नु हुन्न फेरी भोलि आ ! भनिहाल्छ । हामीलाई नि २ पैसा हुन्छ नि दाई” ।


उपेन्द्रले भन्यो “भरे केही प¥यो भने भनुला नि त है बहिनी ।”


ऊ लामो लाईन पार गरेर मेडिकलको कोठा मा छि¥यो । उस्ले त श्रीमतीको लाईसेन्सकोलागी मेडिकल चेकपमा गएको नै भुलेछ लाग्थ्यो आफ्नै लागि गइरहेछ । डाक्टरले सोधे पछि पो के भन्ने भन्ने लौ मा¥यो काम त अव पो चौपट हुने भो । ऊ छटपटिएको अनुहारबाट प्रष्ट देखिन्थ्यो । तर यसो दिमाग लगाइहाल्यो “हेर्नोस मेरी श्रीमती गर्भवती छिन् !उनी आउन सक्दिनन् त्यसैले ।”


त्यति भने पछि डाक्टर भनेर बसेको मान्छेले काम गरी दियो । जे होस् उसले यसमा चाहिँ झुटो बेलेरै भए पनि काम सक्यो । त्यहाँबाट निस्केर राजस्व मा पुग्यो र सोध्यो कति दस्तुर लाग्छ ? पैसो सुने पछि उस्को  सातै गयो एकछिन् त ।


समय मा नविकरण नगराएकोले एक्काइस्सय लाग्ने त भयो नै । ल के गर्ने नविकरण त गर्नै प¥यो भनेर दस्तुर बुझाएर नविकरण गर्ने फाँट तिर लाग्यो । दुई तला माथि पुगेर ढड्ढा हेर्ने कोठामा पुग्यो । त्यहाँ काम गर्न पुग्दा आधा दिन भैसकेको थियो । फाँटका कारिन्दाहरु काम गर्न आनाकानि गरिरहेका थिए । तर जिन तिन ढड्ढा निस्कियो र उस्ले आजै काम गरिदिन अनुरोध ग¥यो ।


“यसमा थप खर्च लाग्छ नि” प्याट्ट एक जाना झुस्स दारी फुलेका दाइले लाजै नमानि भनेको कुरा सुनेर उपेन्द्र एकछिन अक्मकायो तर “काम गरौं पछि देखा जाएगा” भन्ने सोचेर जवाफमा


“हुन्छ नि” भन्यो ।


“एक छिन बाहिर बस्नुस् काम सकेपछि बोलाउँला” झुसेदारीले बडकेर भन्यो । उपेन्द्र लुसुक्क कोठाबाट निस्केर कौशि तिर टहलियो ।


कहिले भित्र कहिले बाहिर गर्दै त्यहाँको गतिविधि तमाँसे बनेर हेर्दै थियो । केहिबेर पछि झुसेले लाइसन्समा टाइप गराएर ल्याउनु भन्यो र सोही अनुसार बाहिर आएर टाइस गराएर भित्र लग्यो उपेन्द्रले ।


काम सकिए सकिए जस्तो भएको थियो कार्यालयले काम गर्न भनेर तोकेको समय घर्किसकेको थियो ।


एक जना निकै सुटेट बुटेट देखिने महिला २ जना केटाहरु सहित मेरो यो काम गरीदिनु प¥यो भनेर प्रवेश गरीन कार्यालयका कारिन्दाले यो काम गर्ने समय समाप्त भएको भनिरहेका थिए तर ति महिला कार्यालयका मुख्य हाकिमको नाम लिएर उहाँ कहा हुनु हुन्छ भनि रहेकि थिइन ।


उनि भन्दै थिइन “मलाई फलानाले पठाएको यो काम जसरी पनि गरीदिनु प¥यो”।


“हाम्रो भोलि अमेरीकाको फ्लाइट छ” ।


“यसरी भोलि आउनु भनेर त कहाँ हुन्छ” ।


केहि वेरमा हाकिम साहेव नै स्वयम उनको खोजी पछि सो फाँटैमा उपस्थीत भए र “यो काम गरीदिन” भन्ने आदेश दिइ विदा भए । ति महिलाको काम अव हुने नै भयो तर यसरी नै अन्य कार्य गर्न आउने मानिसहरु “आज हुन्न भोलि आउनुहोस्” भनेको सुनी लुरुलरु फर्किदै थिए । उपेन्द्रको काम सकिएकोले होला ति झुसेदारीवाला दाइले उपेन्द्र भन्नेको हुनुहुन्छ । उपेन्द्र कौशिबाट कुद्दै झुसे निर पुग्यो र म हुँ सर भन्यो ।


झुसेले तपाई उ!! त्यो कोटामा जानुस लाइसन लिन भन्यो । ऊ आदेश बमोजिम उ !!त्यो कोठा भने तिर गयो । त्यहाँ त चिया सिया पकाउने र खान बस्ने स्थान रहेछ । एक जना लेदरको ज्याकेट लगाएका निकै खाइलाग्दो मानिस उस्को लाईसन्स लिएर बसेको रहेछ । उपेन्द्रको हातमा लाईसनस दिँदै खाजा खाने पैसा माग्यो । उपेन्द्रले अगाडी नै आज काम गर्ने भए खर्च लाग्छ भनेको हुनाले पैसा त दिनु नै थियो । उपेन्द्रलाई लाईसन्स लिने हतारो त केहि थिएन तर आज उस्ले यातायातमा काम कसरी हुन्छ भन्ने हेर्न चाहन्थ्यौ र काम गराउन दिएका पैसा घुस हो र “घुस लिनु र दिनु दुवै अपराध हो”!भनेर । पैसा दिनु पर्छ भनेर उपेन्द्रले अगाडी नै भएका पाँचसय र हजारका नोट मोजा भित्र कोचेको थियो । अव पैसा निकाले जस्तो गरेर पर्समा भए जति पैसा निकालेर उसले टेवलमा राखेर मिलाए जस्तो ग¥यो र गन्यो जम्मा जम्मी एकसय सत्तरी जति भयो मोटेदाई तिर फर्केर “ल लिनु” उस्ले भन्यो ।


उस्ले पैसा गन्यो र भन्यो “यो के दिएको” भनेर


उसंग एकछिन जंगियो “अघिनै पैसा छैन भन्नु पर्दैन” ११ उपेन्द्र पनि केही नबोली सोझो पल्टेर केही थाहा नभएजस्तो गरी बसिरहयो । लोभि ११ त्यो हातमा आएको के छोडथ्यो र त्यै पनि हाल्यो खल्तिमा । उपेन्द्रले  चाहिँ “के गर्नु दाई त्यत्रो लाग्नि थाहा भएको भए म पनि किन काम गर्थे र बरु पछि नै गर्थे नि” भन्यो ।


 


त्यतिकै मा उपेन्द्रलाई पहिले “काम गर्दिन्छु खर्च लाग्छ नि” भन्ने झुसेदाई भित्र छिरे । तर उनले पनि गालि भेटीहाले मोटेदाईको “पैसै रैन्छ यति लाग्छ नि भन्नु पर्दैन पहिल्यै” । झुसे पनि काम भै सक्यो तर आफ्नो भागमा नि पैसा कम पर्ने भएर होला रातो रातो मुख लाएर मलाई आँखा तर्न थाल्यो । उपेन्द्र नि लुरुक्क लाइसेन्स लिएर तल तिर झ¥यो ।


 


अब बाँकि थियो लाइसेन्सको लेमिनेशन । पहिले टाइप गरेको स्थानमा हिसाव पनि गर्न बाँकि थियो । त्यहाँ पुग्दा अघि उस्को लाइसेन्स आझै बनाइदिन्छु भन्ने बहिनी त्यहिँ रहिछिन् उनि उपेन्द्रको हातमा लाइसेन्स देखेर छक्क पर्दै भनिन् भैसक्यो तपाईको ?


“अँ भै सक्यो” उपेन्द्रले भन्यो


केटीले फेरी भनि “यति छिटो ११ कसरि ग¥र्दे छन् त” ।  उपेन्द्रले नि काम को बेलि विस्तार लगायो । उपेन्द्रले उसलाई भन्यो तिमीहरु त यहाँ काम गरेर कति धेरै कमाउँदा रहेछौं हइ ।


उस्ले भनी “हैन दाई हामी त कमिसन मा हो”


“एउटा मान्छेको काम गरे जम्मा १०० रुपैयाँ आउँछ”


“ठाउँ ठाउँमा बुझाउनु पर्छ”


उस्ले उल्टै दुखेसो पोखी ।


उपेन्द्र लेमिनेसन सकेर आफ्नो बाटो लाग्यो । बाटोमा उस्को पुरानो साथी (जो प्रहरीको असई जो अहिले ट्राफिक भएर जाउलाखेल चोकमा डिउटीमा थियो) संग भेट भयो । ट्रफिक संग छोटो भलाकुसारीमा लाइसेन्स नविकरणको कथा सुनायो र संगै प्रदुषण जाँच गर्ने फाँटले हाम्रा कार्यालयका सवारी चालकले सवारीको हालत ठिक भए पनि पाँचसय नतिरी स्टिकर नै पाइन्न भने र गरेको गुनासो सहित भाडाका गाडिहरु उपस्थित नै न भई प्रति सवारी पाँचसय देखि दुईहजारसम्म लिएर हरियो स्टिकर दिने गरेको कुरा भन्यो । सोही गाडीले फालेको धुवाँका कारण सडक बीचमा बसेर त्यै गाडीको धुवाँ तिमीहेरु नै धेरै खान्छौ । अनि कार्यालयले अस्ति कता हो ट्राफिकलाई निःशुल्क स्वास्थ्य शिविर राखेको थियो रे हैन,  जाबो मास्क लगाएर के हुन्छ ? ऊ(ट्राफिक साथी) पनि के गरोस विचरा११  भन्दै थियो, “मैले के गरुँ हेर्न हाम्रो संयन्त्रै यस्तै छ” ।


“सडकमा बसेर धुँवा खायो पैसा अर्कोले खायो, हामीलाई मास्कको बिर्को अरुलाई पैसाको” ।


उपेन्द्र भन्दै थियो “जस्को काम यातायातको व्यवस्था गर्न खडा भएकै छ उसैले अव्यवस्थाको संरचना बनाएर बसेको छ सुधार कस्ले गर्ने” । उपेन्द्र दिग्क मान्दै साथीसंग विदा भएर कार्यालय तिर हानियो ।


 


—समाप्त —

No comments: