Tuesday, 16 August 2016


हाँडी, मकै र कप्टेरो
                                                                                    प्रकाश आचार्य

कुमालेको चक्रमा बनाएको हाँडी
बसालिन्छ चूलोमा
मकै भुट्ने विशेष प्रयोजनकोलागि
ग्याँस, विजुली या दाउरा
पिँध राप अनुसार रंङ्गिन्छ, चिरिन्छ

मकै,
सुनौला, मुरली, चौवासे, हाइब्रिड
जुन जातको होस्
पोटिलो, सेप्रो, चाउरीएको
पँहेलोे, सेतो
जस्तो रङ्ग रुपका दानाहरु हुन्

खुकुरीले चिरेको मोटा मसिना कप्टेरा
थोत्रो झुम्रले बाँधेर
कहिले चुरा बजाउनेले चलाउँछे
कहिले चुरा नबजाउनेले चलाउँछ

दुईचार गेडो फूल बनेर
बाहिरिन्छ हाँडीको मुखबाट
स्वतन्त्रताको अनुभूतिमा
हत्तपत्त छोप्छ  कप्टेरोवालाले
मकै पट्याङ्गपुटुङ्ग गर्दै बिर्को फालौझैगर्छ
फगत ठोकिएर फिर्ता हुन्छ हाँडीमै


सर्याङ सर्याङ गर्दै चलाउनेको तालमा
हाँडिको कहिले यताकुना कहिले उताकुना
गुडी रहन्छन् फूल बन्ने आसमा
पिँधमा रगडीइरहन्छन् दरालिइरहन्छन्
रापको उतारचडावको पत्तै पाउँदैनन्
जिउभरी डाम लागेको
मरीचे दाना डडेर हुन्छन् कालाम्यै

अनायास राप ओज्याउँछ
हाँडीको पिँधमा लागेको ज्वाला
धिपधिप गर्दै निब्छ
बिचरो मकैकोे फूल हुने सपना
तुहिएर ठेट्नै रहन्छ ।


g]kfn ljB't k|flws/0fsf] #! cf}+ aflif{sf]T;jsf] pknIodf @)&#>cfof]lht sljtf jfrg k|ltof]lutfdf l¢lto k'/:sf/ k|fKt ePsf] . 

टुकुचेगाउँको बसाई सराई
                                                                                                                                            प्रकाश आचार्य

म त गाऊँमा जन्मेको मान्छे विहानै झिस्मिसे देखी उठेर घाँस दाउरा, पानी बोक्नु पर्ने, कुँडो पकाएर बस्तुलाई दुघ दुहुनु अगाडी नै खुवाउनु पर्ने, घरका सदस्यहरुले दैलो पोतेर पाञ्चायनको पुजाआजा गर्नु पर्ने । दिनको काम त मेला पात जानु त हो । आफ्नै खेतबारीमा काम भए काम ठग्लान् कि खेतालाले भन्यो, खाजा पानी बनाउने पु¥याउने यस्तै त हो कहिले काही राती राती पानी खेतमा लगाउँदा कसैले चोर्ला कि भनेर कुर्न जानु नौलो कुरै भएन । देश कृषी प्रधान भएर के गर्नु, खानलाई पखेरो खने पनि, बाख्रा पाठा, कुखुरा पाले पनि कुरा कृषी नै हो । घरमै दुध खान बस्तु पाले पनि प्रधान त कृषी नै   भयो । आखिर सबै गरेको आफ्नो र सन्तानका पेटका लागि गरेको त हो । समय समयमा कुन बालि लगाउने भन्यो बालि लायो किरा लाग्या,े औषधी छ¥यो, गोडमेल, दालालसंग खुसामत ग¥यो मल किन्यो हाल्यो बाली पाक्छ भित्रयायो त्यहि त हो । हुन त परिवारका सबै मिलेर गर्दा रमाईलै हो दुखः सुख जिन्दगीका सिक्को दुइ पाटा भन्छन् । दुई छाक खान जिन तिन पुगेकै थियो । 
२०५६ मा शहर जाने रहर आयो सानो पसल खोलीयो जमाना त संचारको भैसकेको थियो । अलि अलि पढेलेखेको हुनाले २ लाईन फोन किनेर थोरैतिनु सरसापट गरेर नजिकै को भतिजो कृष्ण र म मिलेर पसल खोलियो । फोन, फ्याक्स, इन्टरनेटबाट दुनियाँलाई आफन्तहरु संग सम्पर्क गरायो दाम लियो । उहित हो गर्ने युवा सबै कमाउन विदेशिएका घरमा बृद्घ बाबुआमा, श्रीमति, छोरा, छोरी छोडेर गएका न हुन्छन् । फोनैबाट मनको सन्तोष सन्चो विसन्चो सुन्यो । केही कात छोरा छोरी पढन पठाएका । के गरे कसो गरे आँखा अघिल्तिरको कुरो होइन परदेशमा । फेरी फर्केर आउने हुन हैननको चिन्ता । मोबाईल त्यति सुरु भैनसकेकोले मेरो र भतिजोको गुजारा राम्रै चलेको थियो । शहरमै बसाई सर्ने विचार त पहिल्यै थियो । बसाई सर्न उत्कृष्ट अवसरको बारेमा आफ्नै पसलमा फोटोकपी गर्न एकजनाले ल्याए, म त दंग परे । 
पहिले यसो घुम्न जाँदा टुकुचे बजारको बाटो हिँडदा हराभरा, मलिलो, उर्वर जमिन र सुन्दर भू–भाग देखिन्थ्यो । त्यहाँ खेलिरहेका यूवा, राम्रा बस्ती, चिटिक्क ठाँटिएर हिनेका, रमाएका मानिसहरु, सौम्य सुसंस्कृत समाज, यहि बस्न पाए हुन्थ्यो मनमा कुरा खेल्थ्यो । बस्तीमा मानिस आउने क्रम रहेछ, म पनि आउने विचार मा थिएँ । कसरि जान सकिन्छ भनेर विचार गर्दै थिएँ । 
२०५९ तिर म त्यही टुकुचे मै बसाई सर्ने नै भएँ । यो गाउँ पहिलेको भन्दा अलि सुविधा सम्पन्न र शहर उन्मुख थियो । कुम्लो कुटुरो कसेर उतैतिर लागेँ । करिव २ बर्ष त चिनजान गर्नै लाग्यो नयाँ गाउँमा भरखर आएकालाई पुरान्या भन्नेले त मान्छे नगन्ने । पुरानालाई त के भो यसो हेर्छु कामै नगरी दिन भर यता उता गरेका छन् । कसरी खान्छन् खै। सम्पत्ती टन्नै १ भएर हो कि कामै नगरेनी खान कसरी पुगेको होला ? अचम्मै लाग्थ्यो । एक दुइ जना छिमेकी दाजु दिदिले भन्थे यहाँ धेरै नरमाउनु है यो गाउँमा भन्दा अन्त कति धेरै सुविधा र राम्रो वातावरण छ यहाँको त केहि हैन हाम्रो त उमेर गै गो छोरा छोरीले गरे भने कुन्नी । यहाँका मानिस देखि बच्नु है..... के भन्या होला म सोच्थें । वहाँहरुले गाह््रो साँगुरोमा सहयोग त गर्नु भएकै थियो । मैले विस्तार विस्तार पहिल्याउँदै गएँ घारो, कुवा, मन्दिर, पसलहरु, बन, छरछिमेकीहरु, अस्पताल आदी । यो गाउँ पहिलेको भन्दा अलि सुखै लाग्यो । थोरै खेतिपाती सानो व्यवसाय जिनतिन गुजारा हुने देखेँ । टोलमा बसाई सरेर आउने र जानेको लहर चलेकै थियो । हराभरा, उर्वर जमिन, सजिलै व्यवसाय गरेर कमाइ गुजारा गर्न सक्ने स्थानमा जान साथीभाई, इष्टमित्रहरुलाई सोदखोज गरिनै रहँदा रहेछन् । आफन्त नहुनेहरु कोही सराईको चाँजो मिलाउन हारगुहार गर्दा रहेछन् कोही अनुनय विनय गर्दा रहेछन्, कोही थर्काउँदा रहेछन्, कोही चाकरी गर्दा रहेछन् । एक पटक मैले पनि हाम्रै गाऊँको पल्लो छेउमा रहेको घरमा सर्न मुखीया भएकालाई भनेको हुँ, पटक पटक ज्यू हजुर गर्नु पर्ने रहेछ । आफु त्यसो नगर्ने, अर्कै व्यक्तिले मैले रोजेको जमिन उछिट्याएछ । त्यस पछि यै घरमा बस्छु अन्त जान्न भन्ने विचारले बसेँ । रहँदा रहँदै म पनि रैथाने पो भएछु । गाउँमा हर्ताकर्ताहरु पनि मैले जानेको कुरा बारेमा सहयोग लिन थाले । विस्तारै मेरो कामको सहयोग लिन पल्ला घरे दाई पनि आउन थाल्नु भयो । 
बसाई सराएर ल्याउने र अन्त लाने कम्पनी पनि हुँदो रहेछ यहाँ आएर पो थाहा पाएँ । कमाई रामै्र हुने देखेर होला कम्पनीहरु भट्टाभट खोलीँदै रहेछ । कम्पनी खोल्न साथीभाईले मलाई पनि भनेका हुन । केहि समय सहयोग पनि गरेँ । तर तिनको तिकड्म देखेर नै मन लागेन, छट्टटुहरु१ चप्पलमा आएकाहरु अ‍ैले.....फूर्ति लगाउँदै हिड्छन्, त्यो डल्ले चार बर्ष अघि त्यसको छोराको पास्नीमा जाँदा राम्रो खान पनि दिन सकेको थिएन  अहिले २ तले घर ठड्याएको छ । आफ्नै टोलको बैइज्जत गरेरे कम्पनीहरुले मैले अस्ती चिया पसलमा सुनेको । नठगिकन त कम्पनी चल्दैन रहेछ जस्ले छलकपट ग¥यो उसैले कमायो जागिर खानु, व्यापार गर्नु, खेतिपाति केहि गर्नु नपर्ने । मेरो साथी खैरे क्या बोल्दै चिनिने म संगै पढेको, अहिले कम्पनीको उच्च तहमै पुगेको छ । सबैलाई त के भन्नु कोही त इमान्दार पनि छन् टोलको सुधार र सुरक्षामालागि परेका । आफ्नै गाऊँ, टोलमा पनि ठूला राम्रा घर, उर्वर जमिन, व्यापारीक पसल तथा खरिद बिक्रीकेन्द्र सस्तैमा मिलाई दिन्छु भन्यो यसो दलाली भाग आईहाल्यो । मल, विउ, ज्यामी, बालि, सामान खरिद सबको दलाली भाग । कम्पनी धेरै भएपछि छनौट प्रकृयाबाट पालो गरी जो छनौट हुन्छ त्यसले गाउँको प्रतिनिधित्व गर्ने भन्ने कुरो नि भएको रे छ । सबैलाई ठूलो भाग न चाहिएको हो । एउटाले निहुँ खोज्यो त्यसै रोकिएछ । रोकिएनि के भो र सबैलाई चयन छँदै छ । अफिस मात्र हेरौंन । अस्ती एउटा कम्पनीको मान्छे राजेन्द्रदाईको गाडी लिएर १० दिन तिर्थ गर्न गएछ । अझ तेल पनि दे भनेर थर्काउँदोे रे विचरा दाई लुरुक्क परेर दिएछन् । तिनले पनि तलमाथी गरेर कमाएका त हुन् नि नत्र कहाँ दिन्थे । वडा कार्यालयले पनि अलिअलि गाउँमा आइपर्ने काम त गर्छ । तर कम्पनीका सदस्य पुगीहाल्छन् कमिसन माग्न । वडाका कर्मचारी पनि के कम एउटा गाडि दिएर एउटा निहुँ पारेर घुम्न पठाइदिंदा रहेछन् । कहिले त विदेशै पठाईदिँदा रहेछन् स्थानीयबासिको समस्या त जिउँका तिउँ । हेर्छु यो गाउँको भविष्यसंग आफ्नो पनि भविष्य जोडिएको छ । कतै केहि भईहाल्छ कि सोच्यो होला होला जस्तो कहिले खतमै हुने भयो जस्तो यस्तैमा कति दिनरात वित्नेहुन थाहा छैन । त्यसैले म पनि चाइनिज भाषाको अध्ययन गर्न थालेको छु । चाइनिजहरु बसेको गाउँमा बसाई सर्न ।

Thursday, 9 June 2016

गजल 
                                           प्रकाश अाचार्य


सोच्दै थिएँ बहत्तर उन्नतिको साल लिएर आयो ।
यर्थाथ अर्कै, हजारौैं नेपालिको काल लिएर आयो ।

दाताको हातमा राता निला पोका देखेका थियौं ।
अवेरै सरकार छोटा, पातला पाल लिएर आयो ।

जनता सुनौला विहानी कोर्न अग्रसर हुने बेला ।
शिक्षालय, स्वास्थ्य संस्थाको वेहाल लिएर आयो ।

दशनग्रा खियाएर दानापानीको जोहो हुँदै थियो ।
भकारी, घनसार पुरी दुःखको जाल लिएर आयो ।

पुरातन सोचाइ परिवर्तन हुने आसको बर्ष थियो ।
मात्र भौतिक सिंहदरवार थर्कने छाल लिएर आयो ।

छिमेकीको सहयोग र सद्भाव भेटेझै अनुभूति थियो ।
मित्रको भेषमा अस्मिता खोस्ने पद चाल लिएर आयो ।

आमाको रौद्ररुप
                                                                               प्रकाश अाचार्य

तिम्रा श्रृष्टीमा पालित पोषित
तिम्रै छातिमा रस चुसेर
हुर्के बडेका सन्तान एकाएक मूर्छित भए ।
तिम्रो वात्सल्य र ममता एकाएक
तरङ्गित हरेक कम्पनसंगै त्रसित छ
परिवारले चुसेका दुधमा बदला
सन्तान कै रगत चुसेर तिमी हर्सिह होलिउ
कहिले यता कहिले उता लछार पछार पार्दै
सन्तानका बास स्थान तहस नहस गर्दा
सम्मान पूर्वक पूजिँदै आहएकी तिमी
अनायासको वितण्डाले आस्थामा आँच आएको छ
विश्वास ढग्मगाएको छ ।
निमेशमा बास धुलो भएपछि
हेर्दा हेर्दै तिम्रो नातिको प्राण उडे पछि
बुहारीको हात ढुँडो भएपछि
कसरी होसमा रहन सक्ने ?



छोराको खोजिमा
अस्पतालमा छटपटाइरहेकि तिम्रो बुहारी
सामान्य हलचलमा पनि प्रलयको यादमा
कोलाहाल मच्चाउछे
न आँङमा बस्त्र त
न मुखमा माड
नत ओतलाग्ने छत
तिमी यति निस्ठूरी कसरी भयौ आमा
छोराको परिवार तहस नहस पा¥र्दै आनन्दीत छौ !
तिम्रो मायालु अनुहार
रौद्ररुपमा परिणत भए पश्चात
परिवेश उजाड र हृदय विदारक हुँदा
तिमीसंग विताएका वात्सल्य र ममतामयी क्षण
एकाएक सपना भए आमा
त्यसैले आज तिम्रै छातिमा
सन्तानका लागि चिहान खन्दै छन् ।

कस्ले भन्छ ? विकास भएको छैन भनेर
                                                               प्रकाश आचार्य

बाजुराका जनकहरु
केवल नूनकै निम्ति
सातदिन हिडेर कोल्टि आएपनि,
सडकमा पिच दलिएका केहि महिनामै
भ्वाङ्ग परेपनि के भयो ?
गाउँगाउँमा धुले सडक बनेकै छ
दामासाहिले निलेपनि सडकका बजेट
फछ्र्यौट भएकै छ ।
कस्ले भन्छ ? विकास भएको छैन भनेर !

घर रोपेका फाँट,
बाँझा अनुसन्धान केन्द्र,
धाँजा फाटेका पाटाहरुभएर के भयो ?
अर्बौको अन्न, फलफूल, चौपाया र क्यानमा माछा,
विदेशबाट भित्रिएकै छ ।
कृषि र कृषकका बजेट दामासाहिले निलेपनि
फछ्र्यौट भएकै छ ।
कस्ले भन्छ ? विकास भएको छैन भनेर !

बन्द हुँदा उपहारमा प्राप्त कारखानाहरु
जाबो बेरोजगारी बढेर के भयो ?
खर्बौंका रेमिट्यान्स अरवबाट
दामासाहिले निलेपनि, यूवा स्वरोजगारका बजेट
फछ्र्याैट भएकै छ
कस्ले भन्छ ? विकास भएको छैन भनेर !

आधा विद्यार्थीले काट्न नसकेको परीक्षा ,
निर्वाह नदिने शिक्षा भएर के भयो ?
कतै पाँचतारे कलेज त कतै झोले विद्यालय छँदैछ्न,
दामासाहिले निलेपनि शिक्षा बजेट
फछ्र्यौट भएकै छ
कस्ले भन्छ ? विकास भएको छैन भनेर !

आक्रान्त भएपनि ठूलेहरु सिटामोल नपाएर,
शास फेर्न बिर्सिए पनि
साहिँलीहरु सुत्केरी व्यथाले के भयो ?
ग्रान्डि, बयोधा......धाउने,
एयर एम्बुलेन्स चढेर एपोलो जँचाउने बढेकै छन् ।
दामासाहिले निलेपनि निःशुल्क औषधी बजेट
फछ्र्यौट भएकै छ ।
कस्ले भन्छ ? विकास भएको छैन भनेर !

झेलेपनि पूर्खाले जहनियावाद,
सामन्तवाद, उपनिवेशवाद र परिवारवाद के भयो ?
हजुर ! ! हावा ए.सि.को खाँदै, बास महलको, सयर सेतो पजेरोको र
ज्यूनार पाँचतारेको भएपछि
नेताज्यू पूँजिवाद त पक्कै आएको रहेछ ।
दामासाहिले निलेपनि गरिविनिवारण र विकासका बजेट
फछ्र्याैट भएकै रहेछ ।
त्यसैलेः कस्ले भन्छ ? विकास भएको छैन भनेर !
मूछी रगत
टिका छ निधारमा
ॐ नयाँ शक्ती ।

रोटिबेटीको
सम्बन्ध थप उँचो
हो नाकाबन्दी

उचाल्यो खुट्टा
सरकारको माउ
तिर्थयात्रामा

जनजिवन
मर्दै निशासीएर
यो नाकबन्दी

अयात ठप्प
सडकमा भो जाम
बजार कालो

 काट्नु अघि
बोको पर्साएझै हो
भ्रमण निम्तो

भाषा विचित्र
संधियता बखान
चित्रबादुर

बोली हावामा
खोली उखानटुक्का
वली बेलुन

बनाउँ अव
सरकार राष्टिय
कुम हल्लियो

सत्ताको पाग्रो
नित्य धुमिरहन्छ

नयाँ नेपाल । 
दुष्ट लामखुट्टे
प्रकाश आचार्य
आइरहेछन् बेमौसममै पनि
उनिहरु कै प्रीय छ वातावरण
जाडो गर्मि हिउँद बर्षा
बाह्रै महिना निर्धक्क उँड्दै
दिन–रात, साँझ–विहान
हामीलार्इ सताउँदै
शहर—गाउँ, हिमाल–पहाड–तरार्इ
स्याऊ स्याऊ छन् लामखुट्टे
रातो पिरो देखिन्छन्
मान्छेको रगतकै प्रतिविम्ब झै ।

लामखुट्टेले लामखुट्टेलार्इ कहिले चुसेका छन् र
चुसार्इमा त
हाम्रा नमुखा बा, आमा,
दाजु–भाइ, दिदी – बहिनी परेका छन्  
जाति,लिङ्ग, वर्ण, धर्म विना भेदभाव डसिएका छन् ।
स्कुलेबच्चा, विदेशीने युवा, अस्पतालका विरामी
किसान, मजदुर, शिक्षक, गृहणि, कर्मचारी
बचेका छैन न, व्यवसायी र सर्वसाधारण पनि ।

व्याप्त छन् पुलिस चौकी, सरकारी–निजी कार्यालयहरुमा
पत्रकारका छापाखाना, साहित्यकार र कलाकारका निवासमा
पुगेका छन् छाप्रो देखी महल,
गाविस देखी सिंहदरवार सम्म
जेल, अदालत, सर्तकता देखि अख्तियार
हेर्दा हेर्दै आफ्नै कार्यालय भित्र पनि पसिसके छन् ।

फगत प्रितरोधक सामग्रीको खरीदमा पैसा पुग्छ विदेश ।
झुललार्इ समेत प्रतिकार गर्छन्
धुप बाले पनि व्याटले हाने पनि ट्स्मस छैन   
आज भोली त लोडसेडिङ्गले अन्धकार छ म्याट बाल्ने त कुरै छैन ।
उज्यालो छर्ने खोला निरन्तर बगीरहेछ दक्षिण तिर ।

निन्द्रामा टुर्इ……य को आवाज आउँछ
बिउँझिएर मध्यरातमा
थपडी मार्दै नाचिरहनु पर्छ कोठाका कुना कुनामा ।
खार्इसके होलान् ट्यांकरका ट्यांकर रगत
अघाएका छैनन् तैपनी अझै दुष्ट फटफटेहरु
मस्त घुम्छन् रकेट् झै।
सुँड घुसारेको पत्तै नपार्इ छाला कन्याइरहेका छौं
पिँडुलामा टोक्दा खुट्टा बजार्छौ
हातमा टोक्दा पाखुरा थचार्छौ
गालामा टोक्छन् चड्कन हान्यो आफैलार्इ दुख्छ
डावरै डावरले भरीएका अनुहारमा
क्रिम दलेर राम्रा हुन खोज्छौं ।

हामिहरुलार्इ चुसेर
हाम्रै वरपर रगतका अग्ला महल बनाएको
नतमस्तक भएर हेरेका छौं
नैसर्गिक अधिकार हो भन्छ टोक्नु खुल्ला चुनौति दिंदै
कानमै कराएर लल्कार्दै छ
सक्छौ भने कारवाही गर
सिंहदरवारको कुर्सिमा बस्नेलार्इ त चुसें
बालुवाटारमा आउनेलार्इ छानी छानी चुसें
नेता जस्ताको त मन र तन मै घुसें
तिमिहरु जस्ताको के कुरा भन्दै
मेरो दलीनमा आएर कुर्लन्छन्
औलो, डेंग्यु, हात्तिपाइले, मेनेन्जाइटिस, इन्सेफलाइटिस !!!
सम्झेर डराउँछु ।


अचानक् ठूला आवाज सुनिन्छ
जमिनमा केहि पँखेटा डढेका लामखुट्टेहरु देखिन्छन्
आल्मुनियम जलेको गन्ध आइरहेको छ
गन्ध आएको ट्रान्स्फरमर वरपरका क्षेत्र अन्धकार देखिन्छ
खबर पत्रपत्रिका, एफ. एम. र टि. भि. मा फुकियो
भोलिपल्टै रुवाबासी गर्दै लामखुट्टेहरु जम्मा हुन्छन्
आफ्नो सेन्डीकेट कायम गर्ने बारे छलफल गर्छन् ।

विकास ठप्प छ
रोजगारी छैन
राज्यको खर्च बालुवामा पानी झै भएको छ
लामखुट्टे नै हो देश वर्वाद भैरहेको मुख्य कारण
त्यसैले तिनिहरुले खाएको थोपाथोपा रगतको खोजी गरौं
यो दुष्ट लामखुट्टेका बिरुद्ध अझ कडा कानुन बनाउँ
आफू पालना गरौं
अरुलार्इ गर भनौ
खाडल पुरौं, झाडि फाँडौं, औषधि छिटौं, झुल लगाउँ
लामखुट्टे बहिष्कारको अभियान चलाउँ
घर–घरबाट खेदौ , टोल–टोलबाट लखेटौं
कार्यालय–कार्यालयबाट भगाउँ
दुष्ट र भ्रष्ट लामखुट्टे

देशबाटै निमूर्ल पारौं ।।
फिङ्गलहरु
                                             प्रकाश अाचार्य
बन्द
उराठ दिन
हिड्नैको चटारो छ ।


उज्यालो,
लोडसडिङमा हराएको
दुर्लभ बस्तुको चाहना


कमाउने भाँडो
गरीव दम्पतीको पसिना
क्षणमै खरानी पार्यो कुदेको ट्याक्सि ।


सहर–गाउँ
समृद्धि समुन्नति
सहभागिता सहअस्तित्वको संकल्पमात्र
सधैको सकस सामन्तीसोच संकटग्रस्त सडक
सबारीको सुस्केरा सल्बलाउदै सापहरु सलार्इले सल्काउँदै साश्वत सपना


तँ
त हाे
पागल नयाँ नेपाल
लोकतान्त्रिक नारा छ
अपितु गरिवको भोटमा रजार्इ ।