Monday, 8 October 2012

Questionnaire about facebook Study

यो प्रश्नावली मानविकी तथा सामाजिक शास्त्र संकायको समाजशास्त्र विषय, स्नातकोत्तर तहमा तयार गर्नु पर्ने शोधपत्रको लागि “ फेसबुकले काठमाडौका क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीमा पारेको प्रभाव” विषयको अध्ययन प्रयोजनार्थ हो । तलका प्रश्नहरुको उत्तर दिई सोधकर्ताको उद्देश्य पूरा गर्न सहयोग गरिदिनुहुन आर्दिक अनुरोध गर्दछु ।
(शोध कर्ताःप्रकाश आचार्य, फेसबुक ठेगाना: www.facebook.com/prakashnew
Email; prakashnew@hotmail.com)

क. व्यक्तिगत विवरण
क) नाम थरः............................(नाम उल्लेख गर्न अनिवार्य नभएपनि थर लेख्नु पर्ने छ)
ख) उमेर ः...................बर्ष
ग) लिंङ्गः १) महिला २) पुरुष ३) अन्य
घ) बैवाहिकता ः १) विवाहित २) अविवाहित ३) डिभोर्स ४) एकल
ङ) फेसबुक ठेगाना वा इमेलः
च) रोजगारीः

ख. शैक्षिक विवरण
क) क्याम्पसको नामः
ख) अध्ययन तहः १) प्रमाण पत्र तह २) स्नातक ३) स्नातकोत्तर
ग) अन्य शैक्षिक योग्यता भएः..........................................................

(कृपया आफ्नो उत्तरको लागि ठिक चिन्ह लगाउनु होस् । प्रश्नको उत्तर दिंदा बहुउत्तरमा पनि चिन्ह लगाउन सक्नु हुन्छ । )

१) तपाई इन्टरनेट चलाउनु हुन्छ ?
क) चलाउँछु ख) चलाउँदिन
चलाउनु हुन्छ भने चलाउन सुरु गरेको बर्ष बि.सं...................?

२) तपाई इन्टरनेटमा बढी समय के चलाउनु हुन्छ ?
क) इमेल ख) च्याट
ग) गेम घ) अध्ययन सम्बन्धी साईट
ङ).........................................(अन्य भए)

३) तपाईले ईन्टरनेट चलाउने स्थान कुन हो ?
क) साईवर क्याफे ख) आफ्नै घर
ग) क्याम्पस ङ) ...................(अन्य भए)
४) तपाईको ईन्टरनेट चलाउने माध्यम के हो ?
क) मोवाईल ख) कम्प्यूटर
ग) आईप्याड घ) ल्याप्टप
ङ) ...................................(अन्य वा सबै भए )

५) तपाईले सामाजिक संजाल(क्यअष्ब िलभतधयचप) प्रयोग गर्ने गर्नुभएको छ ?
क) छ ख) छैन
६) सामाजिक संजाल प्रयोग गर्न सुरु गरेको बर्ष बि.सं...........................?

७) तपाईले प्रयोग गरेको पहिलो सामाजिक संजाल कुन हो ?
क) टियूटर ख) हाईफाईव
ग) यूट्यूब घ) .......................(अन्य भए)



८) हाल कुन कुन सामाजिक संजाल प्रयोग गरिरहनु भएको छ ?
क).................... ख)................
ग).................... घ)................

९) तपाई फेसबुक प्रयोग गर्नु हुन्छ ?
क) गर्छु ख) गर्दिन

१०) पहिलो पटक फेसबुकको बारेमा कसरी थाहा पाउनु भएको हो ?
क) इन्टरनेटबाट ख) साथीहरुबाट
ग) पत्रपत्रिकाबाट घ) ........................(अन्य भए)

११) फेसबुकमा तपाई कस्लाई सम्पर्कमा राख्न रुचाउनु हुन्छ ?
क) परिवारको सदस्यहरु ख) परिचित साथिहरु
ग) अपरिचितहरु घ) संगै काम गर्ने सहकर्मिहरु
ङ) .....................................................(अन्य भए)

१२) तपाई दिनमा कति समय फेसबुकलाई दिनु हुन्छ ?
क) प्रतिदिन .......घण्टा ख) प्रतिहप्ता ............घण्टा
ग) प्रति महिना........घण्टा

१३) तपाई फेसबुक चलाउन प्रति महिना कति खर्च गर्नु हुन्छ ?
क) रु.....................

१४) तपाई फेसबुक चलाउन खर्च कहाँबाट जुटाउनु हुन्छ ?
क) आफै कमाउँछु ख) परिवारबाट प्राप्त हुन्छ ।
ग) निःशुल्क चलाउछु घ)..........................(अन्य भए)

१५) तपाई फेसबुकको प्रयोग के को लागि गर्नु हुन्छ ?
क) सूचना प्राप्त गर्न ख) मनका कुरा व्यक्त गर्न
ग) अरु संग सम्पर्कमा रहन घ) मनोरन्जन गर्न
ङ) ............................ ..............................(अन्य भए)

१६) फेसबुकको प्रयोगले तपाईको जिवनमा कस्तो प्रभाव पारिरहेको छ ?
क) सकारात्मक ख) नकारात्मक
ग) क) र ख) दुबै छ घ) खासै परेको छैन
उदाहरणः.................................................................................................
१७) फेसबुको प्रयोगले समाजमा कस्तो प्रभाव परिरहेको छ ?
क) सकारात्मक ख) नकारात्मक
ग) क) र ख) दुबै छ घ) खासै परेको छैन
उदाहरणः.................................................................................................
१८) फेसबुकलाई सकारात्मक रुपमा प्रयोग गर्न सकिन्छ ?
क) सकिन्छ ख) सकिंदैन
ग) थाहा छैन
कसरी.....................................................................................................


१९) फेसबुकको प्रयोग कतिको ठिक देख्नु हुन्छ ?
क) धेरै ख) थोरै
ग) बेठिक घ) थाहा छैन
किन......................................................................................................
२०) फेसबुकमा कस्तो साथी बनाउन रुचाउनु हुन्छ ।
क) अविवाहित महिला ख) अविवाहित पुरुष
ग) विवाहित पुरुष घ) विवाहित महिला
किन नि.....................................................................................................

२१) फेसबुकमा समूह बनाउनु भएको छ ?
क) साहित्यिक ख) मनोरन्जनात्मक
ग) शैक्षिक घ) संस्थागत
ङ) .............................................(अन्य भए)
समूह बनाऊँदा फाईदाहरु ...................................................................
समूह बनाऊँदाका बेफाईदाहरु...............................................................

२२) फेसबुकमा कहाँकोे साथी बनाउन रुचाउनु हुन्छ ।
क) विदेशी ख) स्वदेशी
ग) जहाँको भए पनि हुन्छ
किन.................................................................................................

२३) फेसबुकमा तपाईको साथीहरुको संख्या कति छ ?
क) ० देखि १०० जना ख) १०० देखि ३०० जना
ग) ३०० देखि १००० जना ग) १००० देखि बढी
यति साथी बनाउनुको कारण ..............................................................................

२४) फेसबुकको कारण तपाईको र अन्य व्यक्तिको सम्बन्धमा असर परेको छ ? क) राम्रो सम्बन्ध विग्रिएको छ ख) विग्रिएको सम्बन्ध सुध्रिएको छ
ग) (क) र (ख) को दुवै घ) खासै परेको छैन
कसरी..................................................................................................

२५) तपाईले फेसबुक प्रयोग गर्ने स्थानमा प्रयोग गर्दा गर्दै ब्लक गरियो भने कस्तो लाग्छ ?
क) दुखः लाग्छ ख) खुशी लाग्छ
ग) खासै फरक पर्दैन घ) प्रोक्सी साइट प्रयोग गरेर चलाऊँछु
किन.........................................................................................................

२६) फेसबुक साथीको बानि मन नपरेको अवस्थामा के गर्ने गर्नुभएको छ ?
क) साथिबाट मेटिदिन्छु ख) वास्ता गर्दिन
ग) सुध्रन अनुरोध गर्छु घ) गाली गर्छु
कारण उल्लेख गर्नुहोस.......................................................................
२७) फेसबुकमा नेपाली सामाजिक परिवेश मध्ये के मा बढी चर्चा गर्न रुचाउनु हुन्छ ?
क) राजनैतिक ख) प्राकृतिक
ग) मनोरन्जनात्मक घ) व्यक्तिगत
ङ) यौनिक
कारण उल्लेख गर्नुहोस.......................................................................

२८) फेसबुक प्रयोगलाई नियन्त्रण गर्नु आवश्यक छ ?
क) छ ख) छैन
ग) थाहा छैन घ) सुधार गर्नु पर्छ
यस उत्तरको कारण उल्लेख गर्नुहोस......................................................

२९) फेसबुक चलाउन चाहने नयाँ प्रयोग कर्तालाई के सल्लाह दिनु हुन्छ ?
क)..................................................................

ख).................................................................

३०) फेसबुक प्रयोगबाट समाजमा घटेको सकारात्मक वा नकारात्मक घटना तपाईले देख्नु वा सुन्नु भएको छ भने उल्लेख गर्नुहोस् ?
क).............................................................

ख)............................................................





सबै प्रश्नहरुको जवाफ झर्को नमानि लेखीदिनुभएकोमा तपाईलाई धेरै धेरै धन्यबाद् ।


Saturday, 6 October 2012

बिजुलीघर

प्रकाश आचार्य


विवेक सुन्य निचहरु संग लामबद्घ छु ।
भ्रष्ट र दुष्टहरुको काममा आबद्घ छु ।
दुराचारीहरुको कृत्यमा सहयोगी छु ।
चाटुकारहरुको विचमा रुमलिएको छु ।

आफू बस्ने घर जलेको हेरी बसेको छु ।
त्यै घरको आगो तापी खरानी घसेको छु ।
छिमेकीहरु गुहार गुहार कराई रहेछन् ।
आफन्त भानाउँदा चै गदगद भैरहेछन् ।

स्वार्थी मनहरु भित्तो चिथोरी रहेछन् ।
बेइमानी तनहरु छानो उधारी रहेछन् ।
कुटील भजनियाँहरु राग अलापिरहेछन् ।
अगस्ति जनहरु भत्तेर हसुरी रहेछन् ।

दन्कदो रापलाई निभाउने पानी माग्दैछु ।
त्रास र अन्योलको विच दौडी भाग्दैछु ।
न्याय दिने तराजु खोज्न दिनरात जाग्दैछु ।
बिजुलीघर जोगाउने बिर खोज्न लाग्दैछु ।



मिती २०६९।४।२५

तिम्रो बुद्धि




भ्रष्टाचारको कुण्डमा चुर्लुम्म दुबेको भए
तिमी पनि आलिसान महलमा हुन्थ्यौ
तिम्री श्रीमती सुनले झकीझकाउ
तिम्रा छोरा छोरी विदेश अध्ययनमा
तिम्रो पनि चिल्लो कार

सकेको भए लिप्त हुन
हजुरी र चाकरीमा
तिमी पनि उच्चतहमा हुने थियौ
तिम्रो श्रीमती व्यूटीपार्लर
तिम्रो छोरा छोरी डिस्को र पव
तिम्रो जीवन पनि साकार

दुराचारीले भनेको मानिदिएको भए
तिमी पनि चिटिक्क, टाई र सुटमा
तिम्री श्रीमतीको विदेशी फेसन
तिम्रो छोरा छोरी रेष्टुरेन्टबार
तिमी जहा“ ज“ादा पनि सिष्टाचार

धिक्कार छ तिम्रो बुद्धि,
इमान्दारीता र कर्तव्य निष्ठतालाई
तिम्रो पानी चुहीने झुप्रेघर
तिम्री श्रीमतीको फाटेको धोती
तिम्रो छोराछोरीको बेहाल
तिम्रो परिवारको चित्कार

प्रकाश आचार्य








कलि गण्डकी को सालिकराम को आगाड़ी शिव सर र म