Saturday, 27 September 2014

(दशैको शुभकामना सँग सम्बन्धित  कविता) खै कता हरायो ? 
                                                         प्रकाश आचार्य


मेरा अनन्य मित्रहरु,
आफन्तजनहरु, सहकर्मीहरु तथा
समस्त देशवासीहरुलाई 
विजयादशमी २०७० को 
पावन अवसरमा
सुस्वास्थ्य, दिर्धायु र समृद्घीको 
हार्दिक मंगलमय शुभकामना !!!
हावाले उडायो की, बाढीले बगायो 
जेल प¥यो की, विदेश तिर पो लाग्यो 
पत्तै भएन
त्यसरी सबैले पोहोर दिएको शुभकामना 
खै कता हरायोे ?

बाकसमा आयातित् अचेत तन
बाबुको प्रतिक्षामा कल्पिएको मन 
एक सरो आङ ढाक्न 
चुलामा दुई छाक पाक्न 
धौ धौ भएको खवर बर्षै भरि किन आइरहयो ?
सबैले दिएको पोहरसालको शुभकामना
खै कता हरायो ?

सबैको शुभकामना 
अर्मलाको भ्वाङ्ग, जुरेको पैरो !!! कहाँ पुरीयो ?
शेर्पासैगै हिउँ ओइरोमा प¥यो की ?
रातुको पुलमुनी भासियो कि ?
बस सँगै भिरबाट पो खस्यो 
सबैले दिएको पोहरसालको शुभकामना
खै कता हरायो ?





विकासका प्यासी युवा
च्याल्लर फरीकालाएकी आमा 
सिन्दुर पुछीएकी अधबैसे
खुट्टा गिँडीएको साहीलो 
श्रृङखलावद्घ वियोग कसरी जुरायो
सबैले दिएको पोहरसालको शुभकामना 
खै कता हरायो । 

हे !!!  दुर्गामाता !!!  
नविलाओस् पोहर जस्तै यस बर्षको शुभकामना 
समृद्घी सबैका घरमा छावस् 
शुख र शान्ति सबैका मनमा रहोस्
शिक्षा, स्वास्थ्य र रोजगार सबै नेपालीले पाओस् 
समस्त देशवासीहरुलाई यहि छ मेरो 
विजया दशमी २०७१ को पावन अवसरमा
हार्दिक मंगलमय शुभकामना !!!


— समाप्त —