कविता
(कसैको व्यक्तिगत जिवन संग मेल खाएमा संयोग मात्र हुने छ )
िशिर्षक– भूपिको हामीमा हामीलाई खोज्दा
प्रकाश आचार्य
जंङ्गबहादुरले हुकुम दिए जस्तै
भट्टाभट निर्णय गर्छौं
आदेश दिन्छौं
आफ्नो आदेशलाई हुकुम सम्झन्छौं
आफूलाई पनि जंङ्गबहादुर ठान्छौं ।
अन्तमा ती आदेश या त फिर्ता लिन्छौं
या त मातहतमा पालना नभएको टुलुटुलु हेरर
लल्याकलुलुक भै लुते बहादुर हुन्छौं ।
परिणत हुन्छौं पुनः आफूमाथिका आदेश दिनेको
बाँधा र नोकरमा बदलिन्छौं हामी निर्वलिया कर्मचारी ।
हामी जति सुकै पावरहाउस,
सवस्टेसन वा वितरण केन्द्रमा बसौँ
कोठा कोठा चहार्ने पैसावाल, दलालहरु पालेर
खल्तिभरी गड्डीअरु सँगालेर
जतिसुकै विद्वान हौं
इन्जिनियर हौं, एकाउन्टेन्ट हौं, प्रशासक हौं
भित्र भित्र खौक्रा छौं ।
हाम्रो उत्पादनको कुनै महत्व छैन
हाम्रो प्रसारणको कुनै आस्तित्व छैन
हाम्रो वितरणको कुनै तुक छैन
हजारौं मेगावाट माग छ
केवल सयौं मेगावाटले
लोडसेडिङ्ग थप्दै टारीरहेछौं
हामी जति लोडसेडिङ्ग अन्तका कुरा गछौं
प्रस्तुतिकरण गर्छाैं
प्रतिवेदन बनाउँछौं
केवल झूठो बोलेको हुन्छौं
यथार्थमा हामी अर्बौंको बक्यौता, भेरिएसनमा
घाटा र अस्थीरतामा हराइरहेका छौं ।
घिसारीँदै खिईदै चलिरहेछौं ।
हाम्रो बिस्तार र आकार झूठा हो
हाम्रो प्रसारणलाईन मेची देखि काली पुग्न सकेको छैन
जलासय युक्त आयोजना एउटा भन्दा छैन
हामी संगै उत्पादन थालेका देश कहाँ पुगीसके
हाम्रो क्षमता भुटान भन्दा पनि ठूलो छैन
सापटी र भिख मागेर अन्धकार टार्न खोज्छौ
मागेको झिल्को चुहावटमै ठिक्क छ ।
हामीले विगत विर्सिसक्यौं
वर्तमानमा रुमलिएका छौं
भविष्य कोर्न सकेका छैनौं
आफ्नो क्षमतामा विश्वास छैन
आफ्नै कर्ममा निष्ठा छैन ।
केवल तामाकोशी, चिलिमेका कुरा गर्दै चित्त बुझाउँछौं
हामी शाम, दाम, दण्ड, भेद लगाएर
तछाडमछाड गर्दै
पद र हैसियत विर्सेर
तालिम र इन्स्पेक्सनको नाममा
चेला पठाउँनु त कता हो
अर्धाङ्गिनीको साथमा सात समुद्र सयर गर्छौ
कोरिया, चीन, थाइल्यान्ड, सिङ्गापुर पुग्छौँ
तिनको विकास देखि छक्क पर्छौ,लट्ठपर्छौं र कल्पन्छौं ।
हामी जतिसुकै ठूला तहमा पुगौं
जत्रासुकै गाडिमा दगुरौं
जतिसुकै ठूलाकुरा गरौं
तर फगत कमजोर कर्मचारी
जो अदृष्य शक्तिद्वारा माथि उचालिन्छौं
उच्च कुर्सिमा पुग्छौं
कहिले सिंहदरवार, कहिले रातोबंगला,
कहिले सेतोबंगलाको इसारामा काम गर्छौं ।
संस्था र देश प्रति निष्ठावान सेवक सम्झन्छौं
हेर्छौं माथिपुगेपछि तल्लो तहलाई
संस्थालाई नै उपेक्षपूर्वक ।
हो हामी भूपिले भने झँँै कर्मचारी भन्दा बढी गोटी हौं
हामी कर्मचारी हौं
तर कर्म कम गर्छौं
हाम्रो बुद्घि छ
तर ठेकेदारका लागि प्रयोग गर्छौं
केटाकेटीका लागि निर्मित मनोरञ्जक सामग्री जस्ता
एउटा स्ट्राइकर रुपी नेताबाट संचालित
आफ्नो नीति, नियम, विनियम, ऐन हराएका
अन्यौलमा पुगेका कुहिराका काग जस्ता ।
जीवनमा लामो व्यवसायिक अध्ययन पछि
ढोकाबाट छिरे पनि वा
अल्पज्ञान लिई दुलोबाट छिरे पनि
बर्सौं मेहनतका साथ काम गरे पनि वा
मेलोमा टेक्दै नटेके पनि
झण्डाको आशिर्वादले आउने टिके,
पटकेहरुको उचाइ प्रति नतमस्तक हुन्छौं
उसलाई महामानव सम्झी
उस्को पाउ पखाल्छौं र रातो कार्पेटबाट डो¥याउँदै
सिंहासनमा बसाल्छौं
जी हजुरी गर्दै अघिपछि फाइल च्यापेर कुद्छौं
कोरिएको परिधी भुल्दै
घरकै थाम काटेको
दलिन चिथोरेको
भित्ता चर्काएको नकचरो भएर हेर्र्दैैं
लय, सुर र ताल त्यसैमा मिलाउँछौं ।
संस्थाको हितमा भन्दा विचौलियाको हितमा हुन्छौं
जनताको सेवामा दत्तचित्त छैनौंं
खुट्टा तान्ने र हात झार्ने काममै व्यस्त छौं
योग्य,क्षमताबान र हिम्मतिलालाई कुनामा थुपार्छौं
चाकरी र चाप्लुसीमा अग्रणीलाई साँचो दिँदै
घरको रक्षा हुनेमा विश्वस्त छौं ।
हामीले आफ्नो देश झलमल पर्ने जिम्मेवारीलाई
बोध गर्न सकेनौं
हामीलाई आफ्नो क्षमतामा किन विश्वास छैन ?
सयौ मेगावाटका तरङ्ग ल्याउन सक्ने कुरा
कसैले मान्न तयार छैन
इन्कार गर्छन् हाम्रो योग्यतालाई र शक्तिलाई
केवल कागज रुपी सपनामा तरङ्गीत छाँै
त्यसलाई बडो मेहनतका साथ तयार गछौं
छाप्छौं, बाँढ्छौं र रमाउँछौं ।
अर्काले लाठोले घोचेपछि झल्यास्स विउँझदै
कर्ममा दत्तचित्त रहेको नाटक गछौँ ।
जव लाठोवाला अर्को दिशामा पुग्छ
पुनः आँखा टोलाउन थाल्छ
रातीगेडीको संकलन, भण्डारन् र वितरणमा व्यस्त हुन्छौं ।
हामीसंग दगुर्ने कोही छैन
त्यसैले हामी प्रथम छौं
हाम्रो विकल्प छैन र त हामीलाई गाली गरेपनि
बाध्यछन् हाम्रो वर्वरता र तानाशाही सहन
कसैको उज्यालोमा बाँचन पाउने अधिकारको हनन् गर्दैर्छौं
सक्दैनौ भने किन बोक्छौं नसक्ने बाेझ
किन सक्दैनौ विसाउँन त्यसलाई
सक्छौ सिकाउँ सु—संस्कार बलिया नवयूवकलाई
सक्दैनौं नसिकाउँ उनिहरुलाई
आफ्नो कुसंस्कारर विकृतिजन्य स्वभाव
त्यसैले विगतका काला दिन बिर्सेर
हातमा हाल मिलाऊँ
गरेर नहुने र नसकिने के छ र
निकालौ हामी भित्रको
सुशुप्त रहेको सम्भावनाहरुलाई
सूरुगरौं आजैबाट नयाँ गोरेटो खन्न
घर समुन्नत र सम्पन्न पार्न
नयाँ यूगको शुरुवात गर्न आवश्यक भएको छ
नयाँ विहानि ल्याउन जरुरी भएको छ ।
समाप्त