Sunday, 23 February 2014

रक्तपिपाशु सन्तान
प्रकाश आचार्य
म गर्भवती भएँ
बर्षौदेखिको अभिलाषा पूरा भयो
बढो कष्टपूर्वक निस्वार्थ प्रसववेदना बीच
प्राकृतिको देन भनूँ वा परमेश्वरको निर्देशन
सन्तान जन्मियो ।
कोकोहोलो मच्चाएर रोदन मडारियो विभूभर
रुवाई साम्य पार्न स्तन पान गराएँ  
वात्सल्यता र ममतामा लुट्पुटीएँ
उसलाई अँगालोमा बेरेँ ।

मलाई स्वर्गीय आनन्द आउँथ्यो
स्तनपान गराइरहँदा,
र त शैशवकालभरी निस्रित भइरहेँ
सानोे सन्तान आज ठूलो भैसकेछ ।
मेरा छाति रसाउन छोडिसके छ अव
थाहै भएन उस्ले दुध पिउने बहानामा
मेरै रगतै पिउन थालेछ
रक्तपिपाषुको असीम तृष्णा
हल्हली बढीरहेकोछ ।
मरोे छटपटाहटको उसलाई के वास्ता
मुटु चुडिने गरी रगत तानेको सहन बाध्य छु
पटक पटक सचेत गराउँदा पनि बिना संकोच निश्फिक्र भएर
रगत उत्पादन हुने केन्द्रबाटै चुसेको छ,
रतग प्रवाह हुने स्थानबाटै निचोरेकोछ
शरीरका वितरण स्टेशन बाटै डसेको छ
मेरै रगतले बनेको सन्तान मेरै रगतमा आश्रृत भएको छ
मैले कर्म गरेर खान सक्ने त बनाएकै हुँ
ऊ के चाहन्छ कुन्नी मैले बुझ्न छोडेँ
मेरै रगतले आफ्नु महल बनाईरहेछ ऊ
मेरो स्वस्थ रगत उस्ले पिउँने वित्तिकै विषाक्त भएजस्तो छ
उस्को दूध खाँदाकोे स्वभाव बदलिएको छ
ऊ रिसाहा भएको छ, वितन्डा मच्चाएको छ
सालिन दिमागमा खुरापाति पलाएको छ
अव त उस्को विशाक्त रगत
उस्का सन्तानहरुमा प्रवाहित हुने डर भएकोछ
ती पनि रक्तपिपाशु बन्ने हुन् कि !

उसलाई थाहा छ म रक्त विहिन हुँदै छु,
पँहेलिएको छु, रिङ्गटा लागेको छ,
छटपटाउन थालेको छु, लल्याकलुलुक भएको छु
कति वेला म ढल्छु
मैले फुस्रा आँखा पल्टाउँने छु
हातगोडा दरा भएर तन्कनेछन्
मुख प्याक प्याक हुने छ
मेरा नौनारी खिचिनेछन्
मेरो आत्माले शरिर छाढ्ने छ
तव मात्र उस्ले रगत चुस्न छोडनेछ
उस्को बाँच्ने आधार भत्कनेछ
सहारा दिने कोहि नहुँदा मात्र उस्ले थाहा पाउनेछ
आमाको महत्व
किन की उस्को तिम्रो धर्ति हुँ, खेति हुँ, बाँच्नेआधार हुँ, कर्मस्थल हँु

कामना गर्छु कसैका सन्तानले आफ्नै आमाको
रगत चुस्ने कुचेष्टा नगरुन, त्यतो दुष्साहास नगरुन ।