Thursday, 9 June 2016

गजल 
                                           प्रकाश अाचार्य


सोच्दै थिएँ बहत्तर उन्नतिको साल लिएर आयो ।
यर्थाथ अर्कै, हजारौैं नेपालिको काल लिएर आयो ।

दाताको हातमा राता निला पोका देखेका थियौं ।
अवेरै सरकार छोटा, पातला पाल लिएर आयो ।

जनता सुनौला विहानी कोर्न अग्रसर हुने बेला ।
शिक्षालय, स्वास्थ्य संस्थाको वेहाल लिएर आयो ।

दशनग्रा खियाएर दानापानीको जोहो हुँदै थियो ।
भकारी, घनसार पुरी दुःखको जाल लिएर आयो ।

पुरातन सोचाइ परिवर्तन हुने आसको बर्ष थियो ।
मात्र भौतिक सिंहदरवार थर्कने छाल लिएर आयो ।

छिमेकीको सहयोग र सद्भाव भेटेझै अनुभूति थियो ।
मित्रको भेषमा अस्मिता खोस्ने पद चाल लिएर आयो ।

आमाको रौद्ररुप
                                                                               प्रकाश अाचार्य

तिम्रा श्रृष्टीमा पालित पोषित
तिम्रै छातिमा रस चुसेर
हुर्के बडेका सन्तान एकाएक मूर्छित भए ।
तिम्रो वात्सल्य र ममता एकाएक
तरङ्गित हरेक कम्पनसंगै त्रसित छ
परिवारले चुसेका दुधमा बदला
सन्तान कै रगत चुसेर तिमी हर्सिह होलिउ
कहिले यता कहिले उता लछार पछार पार्दै
सन्तानका बास स्थान तहस नहस गर्दा
सम्मान पूर्वक पूजिँदै आहएकी तिमी
अनायासको वितण्डाले आस्थामा आँच आएको छ
विश्वास ढग्मगाएको छ ।
निमेशमा बास धुलो भएपछि
हेर्दा हेर्दै तिम्रो नातिको प्राण उडे पछि
बुहारीको हात ढुँडो भएपछि
कसरी होसमा रहन सक्ने ?



छोराको खोजिमा
अस्पतालमा छटपटाइरहेकि तिम्रो बुहारी
सामान्य हलचलमा पनि प्रलयको यादमा
कोलाहाल मच्चाउछे
न आँङमा बस्त्र त
न मुखमा माड
नत ओतलाग्ने छत
तिमी यति निस्ठूरी कसरी भयौ आमा
छोराको परिवार तहस नहस पा¥र्दै आनन्दीत छौ !
तिम्रो मायालु अनुहार
रौद्ररुपमा परिणत भए पश्चात
परिवेश उजाड र हृदय विदारक हुँदा
तिमीसंग विताएका वात्सल्य र ममतामयी क्षण
एकाएक सपना भए आमा
त्यसैले आज तिम्रै छातिमा
सन्तानका लागि चिहान खन्दै छन् ।

कस्ले भन्छ ? विकास भएको छैन भनेर
                                                               प्रकाश आचार्य

बाजुराका जनकहरु
केवल नूनकै निम्ति
सातदिन हिडेर कोल्टि आएपनि,
सडकमा पिच दलिएका केहि महिनामै
भ्वाङ्ग परेपनि के भयो ?
गाउँगाउँमा धुले सडक बनेकै छ
दामासाहिले निलेपनि सडकका बजेट
फछ्र्यौट भएकै छ ।
कस्ले भन्छ ? विकास भएको छैन भनेर !

घर रोपेका फाँट,
बाँझा अनुसन्धान केन्द्र,
धाँजा फाटेका पाटाहरुभएर के भयो ?
अर्बौको अन्न, फलफूल, चौपाया र क्यानमा माछा,
विदेशबाट भित्रिएकै छ ।
कृषि र कृषकका बजेट दामासाहिले निलेपनि
फछ्र्यौट भएकै छ ।
कस्ले भन्छ ? विकास भएको छैन भनेर !

बन्द हुँदा उपहारमा प्राप्त कारखानाहरु
जाबो बेरोजगारी बढेर के भयो ?
खर्बौंका रेमिट्यान्स अरवबाट
दामासाहिले निलेपनि, यूवा स्वरोजगारका बजेट
फछ्र्याैट भएकै छ
कस्ले भन्छ ? विकास भएको छैन भनेर !

आधा विद्यार्थीले काट्न नसकेको परीक्षा ,
निर्वाह नदिने शिक्षा भएर के भयो ?
कतै पाँचतारे कलेज त कतै झोले विद्यालय छँदैछ्न,
दामासाहिले निलेपनि शिक्षा बजेट
फछ्र्यौट भएकै छ
कस्ले भन्छ ? विकास भएको छैन भनेर !

आक्रान्त भएपनि ठूलेहरु सिटामोल नपाएर,
शास फेर्न बिर्सिए पनि
साहिँलीहरु सुत्केरी व्यथाले के भयो ?
ग्रान्डि, बयोधा......धाउने,
एयर एम्बुलेन्स चढेर एपोलो जँचाउने बढेकै छन् ।
दामासाहिले निलेपनि निःशुल्क औषधी बजेट
फछ्र्यौट भएकै छ ।
कस्ले भन्छ ? विकास भएको छैन भनेर !

झेलेपनि पूर्खाले जहनियावाद,
सामन्तवाद, उपनिवेशवाद र परिवारवाद के भयो ?
हजुर ! ! हावा ए.सि.को खाँदै, बास महलको, सयर सेतो पजेरोको र
ज्यूनार पाँचतारेको भएपछि
नेताज्यू पूँजिवाद त पक्कै आएको रहेछ ।
दामासाहिले निलेपनि गरिविनिवारण र विकासका बजेट
फछ्र्याैट भएकै रहेछ ।
त्यसैलेः कस्ले भन्छ ? विकास भएको छैन भनेर !
मूछी रगत
टिका छ निधारमा
ॐ नयाँ शक्ती ।

रोटिबेटीको
सम्बन्ध थप उँचो
हो नाकाबन्दी

उचाल्यो खुट्टा
सरकारको माउ
तिर्थयात्रामा

जनजिवन
मर्दै निशासीएर
यो नाकबन्दी

अयात ठप्प
सडकमा भो जाम
बजार कालो

 काट्नु अघि
बोको पर्साएझै हो
भ्रमण निम्तो

भाषा विचित्र
संधियता बखान
चित्रबादुर

बोली हावामा
खोली उखानटुक्का
वली बेलुन

बनाउँ अव
सरकार राष्टिय
कुम हल्लियो

सत्ताको पाग्रो
नित्य धुमिरहन्छ

नयाँ नेपाल । 
दुष्ट लामखुट्टे
प्रकाश आचार्य
आइरहेछन् बेमौसममै पनि
उनिहरु कै प्रीय छ वातावरण
जाडो गर्मि हिउँद बर्षा
बाह्रै महिना निर्धक्क उँड्दै
दिन–रात, साँझ–विहान
हामीलार्इ सताउँदै
शहर—गाउँ, हिमाल–पहाड–तरार्इ
स्याऊ स्याऊ छन् लामखुट्टे
रातो पिरो देखिन्छन्
मान्छेको रगतकै प्रतिविम्ब झै ।

लामखुट्टेले लामखुट्टेलार्इ कहिले चुसेका छन् र
चुसार्इमा त
हाम्रा नमुखा बा, आमा,
दाजु–भाइ, दिदी – बहिनी परेका छन्  
जाति,लिङ्ग, वर्ण, धर्म विना भेदभाव डसिएका छन् ।
स्कुलेबच्चा, विदेशीने युवा, अस्पतालका विरामी
किसान, मजदुर, शिक्षक, गृहणि, कर्मचारी
बचेका छैन न, व्यवसायी र सर्वसाधारण पनि ।

व्याप्त छन् पुलिस चौकी, सरकारी–निजी कार्यालयहरुमा
पत्रकारका छापाखाना, साहित्यकार र कलाकारका निवासमा
पुगेका छन् छाप्रो देखी महल,
गाविस देखी सिंहदरवार सम्म
जेल, अदालत, सर्तकता देखि अख्तियार
हेर्दा हेर्दै आफ्नै कार्यालय भित्र पनि पसिसके छन् ।

फगत प्रितरोधक सामग्रीको खरीदमा पैसा पुग्छ विदेश ।
झुललार्इ समेत प्रतिकार गर्छन्
धुप बाले पनि व्याटले हाने पनि ट्स्मस छैन   
आज भोली त लोडसेडिङ्गले अन्धकार छ म्याट बाल्ने त कुरै छैन ।
उज्यालो छर्ने खोला निरन्तर बगीरहेछ दक्षिण तिर ।

निन्द्रामा टुर्इ……य को आवाज आउँछ
बिउँझिएर मध्यरातमा
थपडी मार्दै नाचिरहनु पर्छ कोठाका कुना कुनामा ।
खार्इसके होलान् ट्यांकरका ट्यांकर रगत
अघाएका छैनन् तैपनी अझै दुष्ट फटफटेहरु
मस्त घुम्छन् रकेट् झै।
सुँड घुसारेको पत्तै नपार्इ छाला कन्याइरहेका छौं
पिँडुलामा टोक्दा खुट्टा बजार्छौ
हातमा टोक्दा पाखुरा थचार्छौ
गालामा टोक्छन् चड्कन हान्यो आफैलार्इ दुख्छ
डावरै डावरले भरीएका अनुहारमा
क्रिम दलेर राम्रा हुन खोज्छौं ।

हामिहरुलार्इ चुसेर
हाम्रै वरपर रगतका अग्ला महल बनाएको
नतमस्तक भएर हेरेका छौं
नैसर्गिक अधिकार हो भन्छ टोक्नु खुल्ला चुनौति दिंदै
कानमै कराएर लल्कार्दै छ
सक्छौ भने कारवाही गर
सिंहदरवारको कुर्सिमा बस्नेलार्इ त चुसें
बालुवाटारमा आउनेलार्इ छानी छानी चुसें
नेता जस्ताको त मन र तन मै घुसें
तिमिहरु जस्ताको के कुरा भन्दै
मेरो दलीनमा आएर कुर्लन्छन्
औलो, डेंग्यु, हात्तिपाइले, मेनेन्जाइटिस, इन्सेफलाइटिस !!!
सम्झेर डराउँछु ।


अचानक् ठूला आवाज सुनिन्छ
जमिनमा केहि पँखेटा डढेका लामखुट्टेहरु देखिन्छन्
आल्मुनियम जलेको गन्ध आइरहेको छ
गन्ध आएको ट्रान्स्फरमर वरपरका क्षेत्र अन्धकार देखिन्छ
खबर पत्रपत्रिका, एफ. एम. र टि. भि. मा फुकियो
भोलिपल्टै रुवाबासी गर्दै लामखुट्टेहरु जम्मा हुन्छन्
आफ्नो सेन्डीकेट कायम गर्ने बारे छलफल गर्छन् ।

विकास ठप्प छ
रोजगारी छैन
राज्यको खर्च बालुवामा पानी झै भएको छ
लामखुट्टे नै हो देश वर्वाद भैरहेको मुख्य कारण
त्यसैले तिनिहरुले खाएको थोपाथोपा रगतको खोजी गरौं
यो दुष्ट लामखुट्टेका बिरुद्ध अझ कडा कानुन बनाउँ
आफू पालना गरौं
अरुलार्इ गर भनौ
खाडल पुरौं, झाडि फाँडौं, औषधि छिटौं, झुल लगाउँ
लामखुट्टे बहिष्कारको अभियान चलाउँ
घर–घरबाट खेदौ , टोल–टोलबाट लखेटौं
कार्यालय–कार्यालयबाट भगाउँ
दुष्ट र भ्रष्ट लामखुट्टे

देशबाटै निमूर्ल पारौं ।।
फिङ्गलहरु
                                             प्रकाश अाचार्य
बन्द
उराठ दिन
हिड्नैको चटारो छ ।


उज्यालो,
लोडसडिङमा हराएको
दुर्लभ बस्तुको चाहना


कमाउने भाँडो
गरीव दम्पतीको पसिना
क्षणमै खरानी पार्यो कुदेको ट्याक्सि ।


सहर–गाउँ
समृद्धि समुन्नति
सहभागिता सहअस्तित्वको संकल्पमात्र
सधैको सकस सामन्तीसोच संकटग्रस्त सडक
सबारीको सुस्केरा सल्बलाउदै सापहरु सलार्इले सल्काउँदै साश्वत सपना


तँ
त हाे
पागल नयाँ नेपाल
लोकतान्त्रिक नारा छ
अपितु गरिवको भोटमा रजार्इ ।