कस्ले भन्छ ? विकास भएको छैन भनेर
प्रकाश आचार्य
बाजुराका जनकहरु
केवल नूनकै निम्ति
सातदिन हिडेर कोल्टि आएपनि,
सडकमा पिच दलिएका केहि महिनामै
भ्वाङ्ग परेपनि के भयो ?
गाउँगाउँमा धुले सडक बनेकै छ
दामासाहिले निलेपनि सडकका बजेट
फछ्र्यौट भएकै छ ।
कस्ले भन्छ ? विकास भएको छैन भनेर !
घर रोपेका फाँट,
बाँझा अनुसन्धान केन्द्र,
धाँजा फाटेका पाटाहरुभएर के भयो ?
अर्बौको अन्न, फलफूल, चौपाया र क्यानमा माछा,
विदेशबाट भित्रिएकै छ ।
कृषि र कृषकका बजेट दामासाहिले निलेपनि
फछ्र्यौट भएकै छ ।
कस्ले भन्छ ? विकास भएको छैन भनेर !
बन्द हुँदा उपहारमा प्राप्त कारखानाहरु
जाबो बेरोजगारी बढेर के भयो ?
खर्बौंका रेमिट्यान्स अरवबाट
दामासाहिले निलेपनि, यूवा स्वरोजगारका बजेट
फछ्र्याैट भएकै छ
कस्ले भन्छ ? विकास भएको छैन भनेर !
आधा विद्यार्थीले काट्न नसकेको परीक्षा ,
निर्वाह नदिने शिक्षा भएर के भयो ?
कतै पाँचतारे कलेज त कतै झोले विद्यालय छँदैछ्न,
दामासाहिले निलेपनि शिक्षा बजेट
फछ्र्यौट भएकै छ
कस्ले भन्छ ? विकास भएको छैन भनेर !
आक्रान्त भएपनि ठूलेहरु सिटामोल नपाएर,
शास फेर्न बिर्सिए पनि
साहिँलीहरु सुत्केरी व्यथाले के भयो ?
ग्रान्डि, बयोधा......धाउने,
एयर एम्बुलेन्स चढेर एपोलो जँचाउने बढेकै छन् ।
दामासाहिले निलेपनि निःशुल्क औषधी बजेट
फछ्र्यौट भएकै छ ।
कस्ले भन्छ ? विकास भएको छैन भनेर !
झेलेपनि पूर्खाले जहनियावाद,
सामन्तवाद, उपनिवेशवाद र परिवारवाद के भयो ?
हजुर ! ! हावा ए.सि.को खाँदै, बास महलको, सयर सेतो पजेरोको र
ज्यूनार पाँचतारेको भएपछि
नेताज्यू पूँजिवाद त पक्कै आएको रहेछ ।
दामासाहिले निलेपनि गरिविनिवारण र विकासका बजेट
फछ्र्याैट भएकै रहेछ ।
त्यसैलेः कस्ले भन्छ ? विकास भएको छैन भनेर !
प्रकाश आचार्य
बाजुराका जनकहरु
केवल नूनकै निम्ति
सातदिन हिडेर कोल्टि आएपनि,
सडकमा पिच दलिएका केहि महिनामै
भ्वाङ्ग परेपनि के भयो ?
गाउँगाउँमा धुले सडक बनेकै छ
दामासाहिले निलेपनि सडकका बजेट
फछ्र्यौट भएकै छ ।
कस्ले भन्छ ? विकास भएको छैन भनेर !
घर रोपेका फाँट,
बाँझा अनुसन्धान केन्द्र,
धाँजा फाटेका पाटाहरुभएर के भयो ?
अर्बौको अन्न, फलफूल, चौपाया र क्यानमा माछा,
विदेशबाट भित्रिएकै छ ।
कृषि र कृषकका बजेट दामासाहिले निलेपनि
फछ्र्यौट भएकै छ ।
कस्ले भन्छ ? विकास भएको छैन भनेर !
बन्द हुँदा उपहारमा प्राप्त कारखानाहरु
जाबो बेरोजगारी बढेर के भयो ?
खर्बौंका रेमिट्यान्स अरवबाट
दामासाहिले निलेपनि, यूवा स्वरोजगारका बजेट
फछ्र्याैट भएकै छ
कस्ले भन्छ ? विकास भएको छैन भनेर !
आधा विद्यार्थीले काट्न नसकेको परीक्षा ,
निर्वाह नदिने शिक्षा भएर के भयो ?
कतै पाँचतारे कलेज त कतै झोले विद्यालय छँदैछ्न,
दामासाहिले निलेपनि शिक्षा बजेट
फछ्र्यौट भएकै छ
कस्ले भन्छ ? विकास भएको छैन भनेर !
आक्रान्त भएपनि ठूलेहरु सिटामोल नपाएर,
शास फेर्न बिर्सिए पनि
साहिँलीहरु सुत्केरी व्यथाले के भयो ?
ग्रान्डि, बयोधा......धाउने,
एयर एम्बुलेन्स चढेर एपोलो जँचाउने बढेकै छन् ।
दामासाहिले निलेपनि निःशुल्क औषधी बजेट
फछ्र्यौट भएकै छ ।
कस्ले भन्छ ? विकास भएको छैन भनेर !
झेलेपनि पूर्खाले जहनियावाद,
सामन्तवाद, उपनिवेशवाद र परिवारवाद के भयो ?
हजुर ! ! हावा ए.सि.को खाँदै, बास महलको, सयर सेतो पजेरोको र
ज्यूनार पाँचतारेको भएपछि
नेताज्यू पूँजिवाद त पक्कै आएको रहेछ ।
दामासाहिले निलेपनि गरिविनिवारण र विकासका बजेट
फछ्र्याैट भएकै रहेछ ।
त्यसैलेः कस्ले भन्छ ? विकास भएको छैन भनेर !
No comments:
Post a Comment