Saturday, 27 September 2014

(दशैको शुभकामना सँग सम्बन्धित  कविता) खै कता हरायो ? 
                                                         प्रकाश आचार्य


मेरा अनन्य मित्रहरु,
आफन्तजनहरु, सहकर्मीहरु तथा
समस्त देशवासीहरुलाई 
विजयादशमी २०७० को 
पावन अवसरमा
सुस्वास्थ्य, दिर्धायु र समृद्घीको 
हार्दिक मंगलमय शुभकामना !!!
हावाले उडायो की, बाढीले बगायो 
जेल प¥यो की, विदेश तिर पो लाग्यो 
पत्तै भएन
त्यसरी सबैले पोहोर दिएको शुभकामना 
खै कता हरायोे ?

बाकसमा आयातित् अचेत तन
बाबुको प्रतिक्षामा कल्पिएको मन 
एक सरो आङ ढाक्न 
चुलामा दुई छाक पाक्न 
धौ धौ भएको खवर बर्षै भरि किन आइरहयो ?
सबैले दिएको पोहरसालको शुभकामना
खै कता हरायो ?

सबैको शुभकामना 
अर्मलाको भ्वाङ्ग, जुरेको पैरो !!! कहाँ पुरीयो ?
शेर्पासैगै हिउँ ओइरोमा प¥यो की ?
रातुको पुलमुनी भासियो कि ?
बस सँगै भिरबाट पो खस्यो 
सबैले दिएको पोहरसालको शुभकामना
खै कता हरायो ?





विकासका प्यासी युवा
च्याल्लर फरीकालाएकी आमा 
सिन्दुर पुछीएकी अधबैसे
खुट्टा गिँडीएको साहीलो 
श्रृङखलावद्घ वियोग कसरी जुरायो
सबैले दिएको पोहरसालको शुभकामना 
खै कता हरायो । 

हे !!!  दुर्गामाता !!!  
नविलाओस् पोहर जस्तै यस बर्षको शुभकामना 
समृद्घी सबैका घरमा छावस् 
शुख र शान्ति सबैका मनमा रहोस्
शिक्षा, स्वास्थ्य र रोजगार सबै नेपालीले पाओस् 
समस्त देशवासीहरुलाई यहि छ मेरो 
विजया दशमी २०७१ को पावन अवसरमा
हार्दिक मंगलमय शुभकामना !!!


— समाप्त —

Wednesday, 13 August 2014


भ्रष्टाचार निवारक साबुन

                                                        प्रकाश आचार्य
इमान, जमान र सदाचार त्यागेर मान्छेहरु
जेथा, आभूषण र द्रब्य मोहमा डुवेका बेला
भ्रष्टाचार निवारक साबुन पाइए
भ्रष्टाचारीलाई मयल माडीमाडी नुहाइदिने थिएँ ।

सत्य सेवा सुरक्षणम्लाई कलंङ्कित गर्दै
घुषखोरी ब्रिफकेसका लाईन लागेको बेला
भ्रष्टाचार निवारक साबुन पाइए
भ्रष्टाचारीलाई फिँज निकालेर पखाल्दिने थिएँ ।

घृणित स्वार्थबस् नियम कानूनको दुर्नामकर्ताहरु नै
न्यायेश्वरको मूर्तिमा प्राण प्रतिष्ठा भएको बेला
भ्रष्टाचार निवारक साबुन पाइए
भ्रष्टाचारीलाई मिचिमिचि पखालिदिने थिएँ ।

गरीवी र विकासका बजेट दामासाहीमा परेर
गर्जोटार्न दाजुहरु मुग्लान पसेका बेला
भ्रष्टाचार निवारक साबुन पाइए
भ्रष्टाचारीलाई चिसैपानी खन्याएर पखाल्दिने थिएँ ।

श्रम इजाजत् र अध्यागमनका ठेकेदारी अभिष्टले
विक्षिप्त भै चेलीहरु खाडीबाट फर्किएकी बेला
भ्रष्टाचार निवारक साबुन पाइए
भ्रष्टाचारीलाई तातो पानी खन्याएर पखाल्दिने थिएँ ।


जनसेवक मर्यादा पूरुषका खोल ओढेर
उन्मत्त, उदण्ड औ हरामको राज छाएकोे बेला
भ्रष्टाचार निवारक साबुन पाइए
भ्रष्टाचारीलाई सिस्नो पानी र साबुन लगाएर पखाल्दिने थिएँ ।



Monday, 4 August 2014

बिजुलीघर

                             प्रकाश आचार्य

विवेक सुन्य निचहरु संग लामबद्घ छु ।
भ्रष्ट र दुष्टहरुको काममा आबद्घ छु ।
दुराचारीहरुको कृत्यमा सहयोगी छु ।
चाटुकारहरुको विचमा रुमलिएको छु ।

आफ्नो बस्ने घर जलेको हेरी बसेको छु ।
त्यै घरको आगो तापी खरानी घसेको छु ।
छिमेकीहरु गुहार गुहार कराई रहेछन् ।
आफन्त भानाउँदा चै गदगद भैरहेछन् ।

स्वार्थी मनहरु भित्तो चिथोरी रहेछन् ।
बेइमानी तनहरु छानो उधारी रहेछन् ।
कुटील भजनियाँहरु राग अलापिरहेछन् ।
अगस्ति जनहरु भत्तेर हसुरी रहेछन् ।

दन्कदो रापलाई निभाउने पानी माग्दैछु ।
त्रास र अन्योलको विच दौडी भाग्दैछु ।
न्याय दिने तराजु खोज्न दिनरात जाग्दैछु ।
बिजुलीघर जोगाउने बिर खोज्न लाग्दैछु ।

Sunday, 18 May 2014

सत्य घटनामा आधारित यातायात व्यवस्था विभागसंग सम्बन्धित कथा 

“घुस”

प्रकाश आचार्य 

कुरो केही बर्ष पहिलेको हो । उपेन्द्रकी श्रीमतिले स्कुटर नचलाएको पाँच बर्ष भएछ । लामो समय स्कुटर नभएकाले उनले लाइसन्सको बारेमा आइनु साइनु गर्नु परेको थिएन । उपेन्द्रले एक दिन दराज खोल्दा उनको मोटरसाइकल चलाउने लाइसन्स देखेर यसो हे¥यो र भन्यो “ओ हो देशमा लोकतन्त्र आएताका नविकरण गरेको थियो । पछिल्लो पटक नविकरण गर्ने म्याद सकेको पनि झन्डै २ बर्ष पो भएको रहेछ । लौ जा अब फेरी लाइसन्स लिनु प¥यो भने कति झन्झट बेहोर्नु पर्ने होला” । 
एक पटक त हपा¥यो पनि “के गरेको पछि चलाउनु पर्दा त चाहिन्छ नि ख्याल गर्नु पर्दैन” ।
मन मनै भन्यो “उस्ले पनि के गरोस चलाउन परेको भए पो मतलव हुनु बच्चा हुँदा का कारणले चलाउन छोडी । ” 
“हाललाई आवश्यक छैन भनेर भएको स्कुटर पनि बेचेको त मैले नै हुँ नि” उपेन्द्र भुत्भुतायो ।
“वेकारमा गाली गरेछु यै होला पुरुषले महिलालाई हेपेको भनेको” ।
अव आज लाइसन्स नविकरण हुन्छ कि हुन्न म बुझ्न जान्छु भन्ने सोचेर तीन वटा फोटो र उनको नागरिकता बोकेर हिड्याे, यसो फुर्सद मिल्यो भने निस्कन्छु भन्ने सुर गर्दै । ऊ लाइन्सन्स बनाउन एकान्त कुनाको बागमति अञ्चल यातायात कार्यालय पुग्यो । त्याहाँ पुगेर मोटरसाइकल राख्नको टन्टा देखेरै जिल्ल प¥यो । बल्ल बल्ल एउटा कुनामा लगेर थन्क्यो, त्यहाँको सडक हाकिम (पार्किङ्ग ठेक्दारको केटो) को आदेश लिएर । पार्किङ्गबाट निक्लने वित्तिकै बाटा बाटामै टेबुल लिएर टिठ लाग्दा केटाहरु बसेका, जाने बित्तिकै सबैले “तपाई के को लागि ?”
“के सेवा गरुँ ?” 
भन्दै थिए लाग्थ्यो कार्यालय नै सडक हो । “सेवाग्राहीलाई के सारो सहयोग गर्न खोजेका”
ऊ मनमनै सोच्दै थियो । ऊ पनि एक जना केटोको टेबलमा पुग्यो र सोध्यो 
“भाई म लाईसन्स नविकरण गर्न आएको के गर्नु पर्छ”
“ऊ ती आमाको मा जानुस्” उसले नाक खुम्चाएर भन्यो ।
त्यो केटाले सोचेको रहेछ उपेन्द्र गाडीको काम वा नयाँ लाइसन्स लिन आएको होला जसमा केटोकोे कमाई राम्रै हुन्थ्यो । केटोको सल्लाह बमोजिम उपेन्द्र नजिकै चुरोट, चक्लेट, विस्कुट राख्ने करिव सत्तरी उमेरकी बुढीआमानिर पुग्यो । 
“आमा म लाईसन्स नविकरण गर्न आको”
यति भन्ना साथ ती बुढी आमाले “तीस रुपैयाँ देउ ! ” भनिन् र एउटा फारम च्यातेर दिइन् ।
फारममा लेखिएको थियो रु. पाँच भनेर । त्यो देखेर उस्ले “आमा यस्को त रु पाँच लेखेको छ नि”
त्यो सुनेर उसलाई ती आमालै झन्डै मारेकी । “म यहाँ तिम्रो सेवा गर्न बसेको हो ?” 
“लिए लिउ नलिए अर्कै आउँछ, अन्तै गएर लिए भै गो नी ११” पटट पड््की हालीन् । 
विचरा उपेन्द्र ११ उस्ले सोचेको थियो आमा जस्तै देखेर व्यापार गरिदिउँ न त भनेर । लिन पनि कती लिनु पाँच को दश सम्म पो हुन्छ । 

त्यसपछि उ कार्यालय परिसर भित्र छि¥यो । यता उता हेर्दै लाइसन्स नविकरण गर्ने फारम खोज्दै खोज्दै एउटा झ्यालमा पुगेर रु. पाँच तिरी फारम लियो । फारम भ¥यो र दर्ता गर्ने ठाउँ सोध्दै खोज्दैै बल्ल पुग्यो । कति रुपयाँ पो ति¥यो बीस तीस त्यस्तै होला जस्तो लाग्छ र एउटा सरीदको टुक्रो हातमा पायो । अनि मेडिकलमा जा भनेकोले खोज्दै पुग्यो मेडिकल गर्ने भनेर लेखेको कोठा नजकि । तर लामो लाईन देखेर एकैछिन त    आत्तियो । “कति काम छोडेर आएको के गर्ने होला” भनेर । 
त्यहाँ एउटी राम्री केटि आइ, हेर्दा मङ्गोलियन जस्तो लाग्ने । 
उसले “दाईको के गर्नु पर्ने ?” सोधी ।
“ए लाइसन्स नविकरण गर्न आएको” उस्ले भन्यो ।
उनले फेरी भनिन् “हामी गर्दिन्छौं नि तपाई लाईन पनि बस्नु पर्दैन” । उपेन्द्रले एकै छिन् सोच्यो र भन्यो “ए हो र भै गो मै गर्न सकिहाल्छु नि” । 
केटीले फेरी करुणा पूर्वक अनुरोध गरी “तपाईले गर्नु भयो भने आज गर्न सक्नु हुन्न फेरी भोलि आ ! भनिहाल्छ । हामीलाई नि २ पैसा हुन्छ नि दाई” ।
उपेन्द्रले भन्यो “भरे केही प¥यो भने भनुला नि त है बहिनी ।” 
ऊ लामो लाईन पार गरेर मेडिकलको कोठा मा छि¥यो । उस्ले त श्रीमतीको लाईसेन्सकोलागी मेडिकल चेकपमा गएको नै भुलेछ लाग्थ्यो आफ्नै लागि गइरहेछ । डाक्टरले सोधे पछि पो के भन्ने भन्ने लौ मा¥यो काम त अव पो चौपट हुने भो । ऊ छटपटिएको अनुहारबाट प्रष्ट देखिन्थ्यो । तर यसो दिमाग लगाइहाल्यो “हेर्नोस मेरी श्रीमती गर्भवती छिन् !उनी आउन सक्दिनन् त्यसैले ।”
त्यति भने पछि डाक्टर भनेर बसेको मान्छेले काम गरी दियो । जे होस् उसले यसमा चाहिँ झुटो बेलेरै भए पनि काम सक्यो । त्यहाँबाट निस्केर राजस्व मा पुग्यो र सोध्यो कति दस्तुर लाग्छ ? पैसो सुने पछि उस्को  सातै गयो एकछिन् त । 
समय मा नविकरण नगराएकोले एक्काइस्सय लाग्ने त भयो नै । ल के गर्ने नविकरण त गर्नै प¥यो भनेर दस्तुर बुझाएर नविकरण गर्ने फाँट तिर लाग्यो । दुई तला माथि पुगेर ढड्ढा हेर्ने कोठामा पुग्यो । त्यहाँ काम गर्न पुग्दा आधा दिन भैसकेको थियो । फाँटका कारिन्दाहरु काम गर्न आनाकानि गरिरहेका थिए । तर जिन तिन ढड्ढा निस्कियो र उस्ले आजै काम गरिदिन अनुरोध ग¥यो । 
“यसमा थप खर्च लाग्छ नि” प्याट्ट एक जाना झुस्स दारी फुलेका दाइले लाजै नमानि भनेको कुरा सुनेर उपेन्द्र एकछिन अक्मकायो तर “काम गरौं पछि देखा जाएगा” भन्ने सोचेर जवाफमा
“हुन्छ नि” भन्यो ।
“एक छिन बाहिर बस्नुस् काम सकेपछि बोलाउँला” झुसेदारीले बडकेर भन्यो । उपेन्द्र लुसुक्क कोठाबाट निस्केर कौशि तिर टहलियो । 
कहिले भित्र कहिले बाहिर गर्दै त्यहाँको गतिविधि तमाँसे बनेर हेर्दै थियो । केहिबेर पछि झुसेले लाइसन्समा टाइप गराएर ल्याउनु भन्यो र सोही अनुसार बाहिर आएर टाइस गराएर भित्र लग्यो उपेन्द्रले ।
काम सकिए सकिए जस्तो भएको थियो कार्यालयले काम गर्न भनेर तोकेको समय घर्किसकेको थियो ।
एक जना निकै सुटेट बुटेट देखिने महिला २ जना केटाहरु सहित मेरो यो काम गरीदिनु प¥यो भनेर प्रवेश गरीन कार्यालयका कारिन्दाले यो काम गर्ने समय समाप्त भएको भनिरहेका थिए तर ति महिला कार्यालयका मुख्य हाकिमको नाम लिएर उहाँ कहा हुनु हुन्छ भनि रहेकि थिइन । 
उनि भन्दै थिइन “मलाई फलानाले पठाएको यो काम जसरी पनि गरीदिनु प¥यो”। 
“हाम्रो भोलि अमेरीकाको फ्लाइट छ” ।
“यसरी भोलि आउनु भनेर त कहाँ हुन्छ” । 
केहि वेरमा हाकिम साहेव नै स्वयम उनको खोजी पछि सो फाँटैमा उपस्थीत भए र “यो काम गरीदिन” भन्ने आदेश दिइ विदा भए । ति महिलाको काम अव हुने नै भयो तर यसरी नै अन्य कार्य गर्न आउने मानिसहरु “आज हुन्न भोलि आउनुहोस्” भनेको सुनी लुरुलरु फर्किदै थिए । उपेन्द्रको काम सकिएकोले होला ति झुसेदारीवाला दाइले उपेन्द्र भन्नेको हुनुहुन्छ । उपेन्द्र कौशिबाट कुद्दै झुसे निर पुग्यो र म हुँ सर भन्यो । 
झुसेले तपाई उ!! त्यो कोटामा जानुस लाइसन लिन भन्यो । ऊ आदेश बमोजिम उ !!त्यो कोठा भने तिर गयो । त्यहाँ त चिया सिया पकाउने र खान बस्ने स्थान रहेछ । एक जना लेदरको ज्याकेट लगाएका निकै खाइलाग्दो मानिस उस्को लाईसन्स लिएर बसेको रहेछ । उपेन्द्रको हातमा लाईसनस दिँदै खाजा खाने पैसा माग्यो । उपेन्द्रले अगाडी नै आज काम गर्ने भए खर्च लाग्छ भनेको हुनाले पैसा त दिनु नै थियो । उपेन्द्रलाई लाईसन्स लिने हतारो त केहि थिएन तर आज उस्ले यातायातमा काम कसरी हुन्छ भन्ने हेर्न चाहन्थ्यौ र काम गराउन दिएका पैसा घुस हो र “घुस लिनु र दिनु दुवै अपराध हो”!भनेर । पैसा दिनु पर्छ भनेर उपेन्द्रले अगाडी नै भएका पाँचसय र हजारका नोट मोजा भित्र कोचेको थियो । अव पैसा निकाले जस्तो गरेर पर्समा भए जति पैसा निकालेर उसले टेवलमा राखेर मिलाए जस्तो ग¥यो र गन्यो जम्मा जम्मी एकसय सत्तरी जति भयो मोटेदाई तिर फर्केर “ल लिनु” उस्ले भन्यो । 
उस्ले पैसा गन्यो र भन्यो “यो के दिएको” भनेर 
उसंग एकछिन जंगियो “अघिनै पैसा छैन भन्नु पर्दैन” ११ उपेन्द्र पनि केही नबोली सोझो पल्टेर केही थाहा नभएजस्तो गरी बसिरहयो । लोभि ११ त्यो हातमा आएको के छोडथ्यो र त्यै पनि हाल्यो खल्तिमा । उपेन्द्रले  चाहिँ “के गर्नु दाई त्यत्रो लाग्नि थाहा भएको भए म पनि किन काम गर्थे र बरु पछि नै गर्थे नि” भन्यो । 

त्यतिकै मा उपेन्द्रलाई पहिले “काम गर्दिन्छु खर्च लाग्छ नि” भन्ने झुसेदाई भित्र छिरे । तर उनले पनि गालि भेटीहाले मोटेदाईको “पैसै रैन्छ यति लाग्छ नि भन्नु पर्दैन पहिल्यै” । झुसे पनि काम भै सक्यो तर आफ्नो भागमा नि पैसा कम पर्ने भएर होला रातो रातो मुख लाएर मलाई आँखा तर्न थाल्यो । उपेन्द्र नि लुरुक्क लाइसेन्स लिएर तल तिर झ¥यो । 

अब बाँकि थियो लाइसेन्सको लेमिनेशन । पहिले टाइप गरेको स्थानमा हिसाव पनि गर्न बाँकि थियो । त्यहाँ पुग्दा अघि उस्को लाइसेन्स आझै बनाइदिन्छु भन्ने बहिनी त्यहिँ रहिछिन् उनि उपेन्द्रको हातमा लाइसेन्स देखेर छक्क पर्दै भनिन् भैसक्यो तपाईको ?
“अँ भै सक्यो” उपेन्द्रले भन्यो 
केटीले फेरी भनि “यति छिटो ११ कसरि ग¥र्दे छन् त” ।  उपेन्द्रले नि काम को बेलि विस्तार लगायो । उपेन्द्रले उसलाई भन्यो तिमीहरु त यहाँ काम गरेर कति धेरै कमाउँदा रहेछौं हइ । 
उस्ले भनी “हैन दाई हामी त कमिसन मा हो”
“एउटा मान्छेको काम गरे जम्मा १०० रुपैयाँ आउँछ”
“ठाउँ ठाउँमा बुझाउनु पर्छ”
उस्ले उल्टै दुखेसो पोखी । 
उपेन्द्र लेमिनेसन सकेर आफ्नो बाटो लाग्यो । बाटोमा उस्को पुरानो साथी (जो प्रहरीको असई जो अहिले ट्राफिक भएर जाउलाखेल चोकमा डिउटीमा थियो) संग भेट भयो । ट्रफिक संग छोटो भलाकुसारीमा लाइसेन्स नविकरणको कथा सुनायो र संगै प्रदुषण जाँच गर्ने फाँटले हाम्रा कार्यालयका सवारी चालकले सवारीको हालत ठिक भए पनि पाँचसय नतिरी स्टिकर नै पाइन्न भने र गरेको गुनासो सहित भाडाका गाडिहरु उपस्थित नै न भई प्रति सवारी पाँचसय देखि दुईहजारसम्म लिएर हरियो स्टिकर दिने गरेको कुरा भन्यो । सोही गाडीले फालेको धुवाँका कारण सडक बीचमा बसेर त्यै गाडीको धुवाँ तिमीहेरु नै धेरै खान्छौ । अनि कार्यालयले अस्ति कता हो ट्राफिकलाई निःशुल्क स्वास्थ्य शिविर राखेको थियो रे हैन,  जाबो मास्क लगाएर के हुन्छ ? ऊ(ट्राफिक साथी) पनि के गरोस विचरा११  भन्दै थियो, “मैले के गरुँ हेर्न हाम्रो संयन्त्रै यस्तै छ” ।
“सडकमा बसेर धुँवा खायो पैसा अर्कोले खायो, हामीलाई मास्कको बिर्को अरुलाई पैसाको” ।
उपेन्द्र भन्दै थियो “जस्को काम यातायातको व्यवस्था गर्न खडा भएकै छ उसैले अव्यवस्थाको संरचना बनाएर बसेको छ सुधार कस्ले गर्ने” । उपेन्द्र दिग्क मान्दै साथीसंग विदा भएर कार्यालय तिर हानियो । 

—समाप्त —

Sunday, 23 February 2014

रक्तपिपाशु सन्तान
प्रकाश आचार्य
म गर्भवती भएँ
बर्षौदेखिको अभिलाषा पूरा भयो
बढो कष्टपूर्वक निस्वार्थ प्रसववेदना बीच
प्राकृतिको देन भनूँ वा परमेश्वरको निर्देशन
सन्तान जन्मियो ।
कोकोहोलो मच्चाएर रोदन मडारियो विभूभर
रुवाई साम्य पार्न स्तन पान गराएँ  
वात्सल्यता र ममतामा लुट्पुटीएँ
उसलाई अँगालोमा बेरेँ ।

मलाई स्वर्गीय आनन्द आउँथ्यो
स्तनपान गराइरहँदा,
र त शैशवकालभरी निस्रित भइरहेँ
सानोे सन्तान आज ठूलो भैसकेछ ।
मेरा छाति रसाउन छोडिसके छ अव
थाहै भएन उस्ले दुध पिउने बहानामा
मेरै रगतै पिउन थालेछ
रक्तपिपाषुको असीम तृष्णा
हल्हली बढीरहेकोछ ।
मरोे छटपटाहटको उसलाई के वास्ता
मुटु चुडिने गरी रगत तानेको सहन बाध्य छु
पटक पटक सचेत गराउँदा पनि बिना संकोच निश्फिक्र भएर
रगत उत्पादन हुने केन्द्रबाटै चुसेको छ,
रतग प्रवाह हुने स्थानबाटै निचोरेकोछ
शरीरका वितरण स्टेशन बाटै डसेको छ
मेरै रगतले बनेको सन्तान मेरै रगतमा आश्रृत भएको छ
मैले कर्म गरेर खान सक्ने त बनाएकै हुँ
ऊ के चाहन्छ कुन्नी मैले बुझ्न छोडेँ
मेरै रगतले आफ्नु महल बनाईरहेछ ऊ
मेरो स्वस्थ रगत उस्ले पिउँने वित्तिकै विषाक्त भएजस्तो छ
उस्को दूध खाँदाकोे स्वभाव बदलिएको छ
ऊ रिसाहा भएको छ, वितन्डा मच्चाएको छ
सालिन दिमागमा खुरापाति पलाएको छ
अव त उस्को विशाक्त रगत
उस्का सन्तानहरुमा प्रवाहित हुने डर भएकोछ
ती पनि रक्तपिपाशु बन्ने हुन् कि !

उसलाई थाहा छ म रक्त विहिन हुँदै छु,
पँहेलिएको छु, रिङ्गटा लागेको छ,
छटपटाउन थालेको छु, लल्याकलुलुक भएको छु
कति वेला म ढल्छु
मैले फुस्रा आँखा पल्टाउँने छु
हातगोडा दरा भएर तन्कनेछन्
मुख प्याक प्याक हुने छ
मेरा नौनारी खिचिनेछन्
मेरो आत्माले शरिर छाढ्ने छ
तव मात्र उस्ले रगत चुस्न छोडनेछ
उस्को बाँच्ने आधार भत्कनेछ
सहारा दिने कोहि नहुँदा मात्र उस्ले थाहा पाउनेछ
आमाको महत्व
किन की उस्को तिम्रो धर्ति हुँ, खेति हुँ, बाँच्नेआधार हुँ, कर्मस्थल हँु

कामना गर्छु कसैका सन्तानले आफ्नै आमाको
रगत चुस्ने कुचेष्टा नगरुन, त्यतो दुष्साहास नगरुन ।