टुकुचेगाउँको बसाई सराई
प्रकाश आचार्य
म त गाऊँमा जन्मेको मान्छे विहानै झिस्मिसे देखी उठेर घाँस दाउरा, पानी बोक्नु पर्ने, कुँडो पकाएर बस्तुलाई दुघ दुहुनु अगाडी नै खुवाउनु पर्ने, घरका सदस्यहरुले दैलो पोतेर पाञ्चायनको पुजाआजा गर्नु पर्ने । दिनको काम त मेला पात जानु त हो । आफ्नै खेतबारीमा काम भए काम ठग्लान् कि खेतालाले भन्यो, खाजा पानी बनाउने पु¥याउने यस्तै त हो कहिले काही राती राती पानी खेतमा लगाउँदा कसैले चोर्ला कि भनेर कुर्न जानु नौलो कुरै भएन । देश कृषी प्रधान भएर के गर्नु, खानलाई पखेरो खने पनि, बाख्रा पाठा, कुखुरा पाले पनि कुरा कृषी नै हो । घरमै दुध खान बस्तु पाले पनि प्रधान त कृषी नै भयो । आखिर सबै गरेको आफ्नो र सन्तानका पेटका लागि गरेको त हो । समय समयमा कुन बालि लगाउने भन्यो बालि लायो किरा लाग्या,े औषधी छ¥यो, गोडमेल, दालालसंग खुसामत ग¥यो मल किन्यो हाल्यो बाली पाक्छ भित्रयायो त्यहि त हो । हुन त परिवारका सबै मिलेर गर्दा रमाईलै हो दुखः सुख जिन्दगीका सिक्को दुइ पाटा भन्छन् । दुई छाक खान जिन तिन पुगेकै थियो ।
२०५६ मा शहर जाने रहर आयो सानो पसल खोलीयो जमाना त संचारको भैसकेको थियो । अलि अलि पढेलेखेको हुनाले २ लाईन फोन किनेर थोरैतिनु सरसापट गरेर नजिकै को भतिजो कृष्ण र म मिलेर पसल खोलियो । फोन, फ्याक्स, इन्टरनेटबाट दुनियाँलाई आफन्तहरु संग सम्पर्क गरायो दाम लियो । उहित हो गर्ने युवा सबै कमाउन विदेशिएका घरमा बृद्घ बाबुआमा, श्रीमति, छोरा, छोरी छोडेर गएका न हुन्छन् । फोनैबाट मनको सन्तोष सन्चो विसन्चो सुन्यो । केही कात छोरा छोरी पढन पठाएका । के गरे कसो गरे आँखा अघिल्तिरको कुरो होइन परदेशमा । फेरी फर्केर आउने हुन हैननको चिन्ता । मोबाईल त्यति सुरु भैनसकेकोले मेरो र भतिजोको गुजारा राम्रै चलेको थियो । शहरमै बसाई सर्ने विचार त पहिल्यै थियो । बसाई सर्न उत्कृष्ट अवसरको बारेमा आफ्नै पसलमा फोटोकपी गर्न एकजनाले ल्याए, म त दंग परे ।
पहिले यसो घुम्न जाँदा टुकुचे बजारको बाटो हिँडदा हराभरा, मलिलो, उर्वर जमिन र सुन्दर भू–भाग देखिन्थ्यो । त्यहाँ खेलिरहेका यूवा, राम्रा बस्ती, चिटिक्क ठाँटिएर हिनेका, रमाएका मानिसहरु, सौम्य सुसंस्कृत समाज, यहि बस्न पाए हुन्थ्यो मनमा कुरा खेल्थ्यो । बस्तीमा मानिस आउने क्रम रहेछ, म पनि आउने विचार मा थिएँ । कसरि जान सकिन्छ भनेर विचार गर्दै थिएँ ।
२०५९ तिर म त्यही टुकुचे मै बसाई सर्ने नै भएँ । यो गाउँ पहिलेको भन्दा अलि सुविधा सम्पन्न र शहर उन्मुख थियो । कुम्लो कुटुरो कसेर उतैतिर लागेँ । करिव २ बर्ष त चिनजान गर्नै लाग्यो नयाँ गाउँमा भरखर आएकालाई पुरान्या भन्नेले त मान्छे नगन्ने । पुरानालाई त के भो यसो हेर्छु कामै नगरी दिन भर यता उता गरेका छन् । कसरी खान्छन् खै। सम्पत्ती टन्नै १ भएर हो कि कामै नगरेनी खान कसरी पुगेको होला ? अचम्मै लाग्थ्यो । एक दुइ जना छिमेकी दाजु दिदिले भन्थे यहाँ धेरै नरमाउनु है यो गाउँमा भन्दा अन्त कति धेरै सुविधा र राम्रो वातावरण छ यहाँको त केहि हैन हाम्रो त उमेर गै गो छोरा छोरीले गरे भने कुन्नी । यहाँका मानिस देखि बच्नु है..... के भन्या होला म सोच्थें । वहाँहरुले गाह््रो साँगुरोमा सहयोग त गर्नु भएकै थियो । मैले विस्तार विस्तार पहिल्याउँदै गएँ घारो, कुवा, मन्दिर, पसलहरु, बन, छरछिमेकीहरु, अस्पताल आदी । यो गाउँ पहिलेको भन्दा अलि सुखै लाग्यो । थोरै खेतिपाती सानो व्यवसाय जिनतिन गुजारा हुने देखेँ । टोलमा बसाई सरेर आउने र जानेको लहर चलेकै थियो । हराभरा, उर्वर जमिन, सजिलै व्यवसाय गरेर कमाइ गुजारा गर्न सक्ने स्थानमा जान साथीभाई, इष्टमित्रहरुलाई सोदखोज गरिनै रहँदा रहेछन् । आफन्त नहुनेहरु कोही सराईको चाँजो मिलाउन हारगुहार गर्दा रहेछन् कोही अनुनय विनय गर्दा रहेछन्, कोही थर्काउँदा रहेछन्, कोही चाकरी गर्दा रहेछन् । एक पटक मैले पनि हाम्रै गाऊँको पल्लो छेउमा रहेको घरमा सर्न मुखीया भएकालाई भनेको हुँ, पटक पटक ज्यू हजुर गर्नु पर्ने रहेछ । आफु त्यसो नगर्ने, अर्कै व्यक्तिले मैले रोजेको जमिन उछिट्याएछ । त्यस पछि यै घरमा बस्छु अन्त जान्न भन्ने विचारले बसेँ । रहँदा रहँदै म पनि रैथाने पो भएछु । गाउँमा हर्ताकर्ताहरु पनि मैले जानेको कुरा बारेमा सहयोग लिन थाले । विस्तारै मेरो कामको सहयोग लिन पल्ला घरे दाई पनि आउन थाल्नु भयो ।
बसाई सराएर ल्याउने र अन्त लाने कम्पनी पनि हुँदो रहेछ यहाँ आएर पो थाहा पाएँ । कमाई रामै्र हुने देखेर होला कम्पनीहरु भट्टाभट खोलीँदै रहेछ । कम्पनी खोल्न साथीभाईले मलाई पनि भनेका हुन । केहि समय सहयोग पनि गरेँ । तर तिनको तिकड्म देखेर नै मन लागेन, छट्टटुहरु१ चप्पलमा आएकाहरु अैले.....फूर्ति लगाउँदै हिड्छन्, त्यो डल्ले चार बर्ष अघि त्यसको छोराको पास्नीमा जाँदा राम्रो खान पनि दिन सकेको थिएन अहिले २ तले घर ठड्याएको छ । आफ्नै टोलको बैइज्जत गरेरे कम्पनीहरुले मैले अस्ती चिया पसलमा सुनेको । नठगिकन त कम्पनी चल्दैन रहेछ जस्ले छलकपट ग¥यो उसैले कमायो जागिर खानु, व्यापार गर्नु, खेतिपाति केहि गर्नु नपर्ने । मेरो साथी खैरे क्या बोल्दै चिनिने म संगै पढेको, अहिले कम्पनीको उच्च तहमै पुगेको छ । सबैलाई त के भन्नु कोही त इमान्दार पनि छन् टोलको सुधार र सुरक्षामालागि परेका । आफ्नै गाऊँ, टोलमा पनि ठूला राम्रा घर, उर्वर जमिन, व्यापारीक पसल तथा खरिद बिक्रीकेन्द्र सस्तैमा मिलाई दिन्छु भन्यो यसो दलाली भाग आईहाल्यो । मल, विउ, ज्यामी, बालि, सामान खरिद सबको दलाली भाग । कम्पनी धेरै भएपछि छनौट प्रकृयाबाट पालो गरी जो छनौट हुन्छ त्यसले गाउँको प्रतिनिधित्व गर्ने भन्ने कुरो नि भएको रे छ । सबैलाई ठूलो भाग न चाहिएको हो । एउटाले निहुँ खोज्यो त्यसै रोकिएछ । रोकिएनि के भो र सबैलाई चयन छँदै छ । अफिस मात्र हेरौंन । अस्ती एउटा कम्पनीको मान्छे राजेन्द्रदाईको गाडी लिएर १० दिन तिर्थ गर्न गएछ । अझ तेल पनि दे भनेर थर्काउँदोे रे विचरा दाई लुरुक्क परेर दिएछन् । तिनले पनि तलमाथी गरेर कमाएका त हुन् नि नत्र कहाँ दिन्थे । वडा कार्यालयले पनि अलिअलि गाउँमा आइपर्ने काम त गर्छ । तर कम्पनीका सदस्य पुगीहाल्छन् कमिसन माग्न । वडाका कर्मचारी पनि के कम एउटा गाडि दिएर एउटा निहुँ पारेर घुम्न पठाइदिंदा रहेछन् । कहिले त विदेशै पठाईदिँदा रहेछन् स्थानीयबासिको समस्या त जिउँका तिउँ । हेर्छु यो गाउँको भविष्यसंग आफ्नो पनि भविष्य जोडिएको छ । कतै केहि भईहाल्छ कि सोच्यो होला होला जस्तो कहिले खतमै हुने भयो जस्तो यस्तैमा कति दिनरात वित्नेहुन थाहा छैन । त्यसैले म पनि चाइनिज भाषाको अध्ययन गर्न थालेको छु । चाइनिजहरु बसेको गाउँमा बसाई सर्न ।