Thursday, 28 November 2013

कविता 
(कसैको व्यक्तिगत जिवन संग मेल खाएमा स‌ंयोग मात्र हुने छ )
 िशिर्षक–  भूपिको हामीमा हामीलाई खोज्दा 
प्रकाश आचार्य 

जंङ्गबहादुरले हुकुम दिए जस्तै
भट्टाभट निर्णय गर्छौं 
आदेश दिन्छौं
आफ्नो आदेशलाई हुकुम सम्झन्छौं 
आफूलाई पनि जंङ्गबहादुर ठान्छौं ।
अन्तमा ती आदेश या त फिर्ता लिन्छौं 
या त मातहतमा पालना नभएको टुलुटुलु हेरर
लल्याकलुलुक भै लुते बहादुर हुन्छौं ।
परिणत हुन्छौं पुनः आफूमाथिका आदेश दिनेको
बाँधा र नोकरमा बदलिन्छौं हामी निर्वलिया कर्मचारी ।

हामी जति सुकै पावरहाउस,
सवस्टेसन वा वितरण केन्द्रमा बसौँ
कोठा कोठा चहार्ने पैसावाल, दलालहरु पालेर 
खल्तिभरी  गड्डीअरु सँगालेर
जतिसुकै विद्वान हौं 
इन्जिनियर हौं, एकाउन्टेन्ट हौं, प्रशासक हौं
भित्र भित्र खौक्रा छौं । 

हाम्रो उत्पादनको कुनै महत्व छैन
हाम्रो प्रसारणको कुनै आस्तित्व छैन
हाम्रो वितरणको कुनै तुक छैन
हजारौं मेगावाट माग छ
केवल सयौं मेगावाटले
लोडसेडिङ्ग थप्दै टारीरहेछौं 
हामी जति लोडसेडिङ्ग अन्तका कुरा गछौं
प्रस्तुतिकरण गर्छाैं 
प्रतिवेदन बनाउँछौं 
केवल झूठो बोलेको हुन्छौं 
यथार्थमा हामी अर्बौंको बक्यौता, भेरिएसनमा
घाटा र अस्थीरतामा हराइरहेका छौं ।
घिसारीँदै खिईदै चलिरहेछौं । 

हाम्रो बिस्तार र आकार झूठा हो 
हाम्रो प्रसारणलाईन मेची देखि काली पुग्न सकेको छैन 
जलासय युक्त आयोजना एउटा भन्दा छैन
हामी संगै उत्पादन थालेका देश कहाँ पुगीसके
हाम्रो क्षमता भुटान भन्दा पनि ठूलो छैन
सापटी र भिख मागेर अन्धकार टार्न खोज्छौ
मागेको झिल्को चुहावटमै ठिक्क छ । 
हामीले विगत विर्सिसक्यौं
वर्तमानमा रुमलिएका छौं
भविष्य कोर्न सकेका छैनौं 
आफ्नो क्षमतामा विश्वास छैन
आफ्नै कर्ममा निष्ठा छैन ।


केवल तामाकोशी, चिलिमेका कुरा गर्दै चित्त बुझाउँछौं
हामी शाम, दाम, दण्ड, भेद लगाएर 
तछाडमछाड गर्दै 
पद र हैसियत विर्सेर
तालिम र इन्स्पेक्सनको नाममा 
चेला पठाउँनु त कता हो
अर्धाङ्गिनीको साथमा सात समुद्र सयर गर्छौ 
कोरिया, चीन, थाइल्यान्ड, सिङ्गापुर पुग्छौँ 
तिनको विकास देखि छक्क पर्छौ,लट्ठपर्छौं र कल्पन्छौं ।

हामी जतिसुकै ठूला तहमा पुगौं 
जत्रासुकै गाडिमा दगुरौं
जतिसुकै ठूलाकुरा गरौं 
तर फगत कमजोर कर्मचारी 
जो अदृष्य शक्तिद्वारा माथि उचालिन्छौं
उच्च कुर्सिमा पुग्छौं
कहिले सिंहदरवार, कहिले रातोबंगला,
कहिले सेतोबंगलाको इसारामा काम गर्छौं । 
संस्था र देश प्रति निष्ठावान सेवक सम्झन्छौं
हेर्छौं माथिपुगेपछि तल्लो तहलाई 
संस्थालाई नै उपेक्षपूर्वक ।

हो हामी भूपिले भने झँँै कर्मचारी भन्दा बढी गोटी हौं
हामी कर्मचारी हौं
तर कर्म कम गर्छौं
हाम्रो बुद्घि छ 
तर ठेकेदारका लागि प्रयोग गर्छौं
केटाकेटीका लागि निर्मित मनोरञ्जक सामग्री जस्ता
एउटा स्ट्राइकर रुपी नेताबाट संचालित
आफ्नो नीति, नियम, विनियम, ऐन हराएका 
अन्यौलमा पुगेका कुहिराका काग जस्ता । 

जीवनमा लामो व्यवसायिक अध्ययन पछि
ढोकाबाट छिरे पनि वा 
अल्पज्ञान लिई दुलोबाट छिरे पनि
बर्सौं मेहनतका साथ काम गरे पनि वा
मेलोमा टेक्दै नटेके पनि 
झण्डाको आशिर्वादले आउने टिके, 
पटकेहरुको उचाइ प्रति नतमस्तक हुन्छौं 
उसलाई महामानव सम्झी
उस्को पाउ पखाल्छौं र रातो कार्पेटबाट डो¥याउँदै
सिंहासनमा बसाल्छौं 
जी हजुरी गर्दै अघिपछि फाइल च्यापेर कुद्छौं
कोरिएको परिधी भुल्दै 
घरकै थाम काटेको 
दलिन चिथोरेको 
भित्ता चर्काएको नकचरो भएर हेर्र्दैैं
लय, सुर र ताल त्यसैमा मिलाउँछौं ।

संस्थाको हितमा भन्दा विचौलियाको हितमा हुन्छौं 
जनताको सेवामा दत्तचित्त छैनौंं
खुट्टा तान्ने र हात झार्ने काममै व्यस्त छौं 
योग्य,क्षमताबान र हिम्मतिलालाई कुनामा थुपार्छौं
चाकरी र चाप्लुसीमा अग्रणीलाई साँचो दिँदै
घरको रक्षा हुनेमा विश्वस्त छौं । 

हामीले आफ्नो देश झलमल पर्ने जिम्मेवारीलाई
बोध गर्न सकेनौं
हामीलाई आफ्नो क्षमतामा किन विश्वास छैन ? 
सयौ मेगावाटका तरङ्ग ल्याउन सक्ने कुरा
कसैले मान्न तयार छैन
इन्कार गर्छन् हाम्रो योग्यतालाई र शक्तिलाई 
केवल कागज रुपी सपनामा तरङ्गीत छाँै 
त्यसलाई बडो मेहनतका साथ तयार गछौं 
छाप्छौं, बाँढ्छौं र रमाउँछौं ।

अर्काले लाठोले घोचेपछि झल्यास्स विउँझदै
कर्ममा दत्तचित्त रहेको नाटक गछौँ । 
जव लाठोवाला अर्को दिशामा पुग्छ 
पुनः आँखा टोलाउन थाल्छ 
रातीगेडीको संकलन, भण्डारन् र वितरणमा व्यस्त हुन्छौं ।

हामीसंग दगुर्ने कोही छैन 
त्यसैले हामी प्रथम छौं 
हाम्रो विकल्प छैन र त हामीलाई गाली गरेपनि
बाध्यछन् हाम्रो वर्वरता र तानाशाही सहन 
कसैको उज्यालोमा बाँचन पाउने अधिकारको हनन् गर्दैर्छौं
सक्दैनौ भने किन बोक्छौं नसक्ने बाेझ 
किन सक्दैनौ विसाउँन त्यसलाई 
सक्छौ सिकाउँ सु—संस्कार बलिया नवयूवकलाई 
सक्दैनौं नसिकाउँ उनिहरुलाई 
आफ्नो कुसंस्कारर विकृतिजन्य स्वभाव
त्यसैले विगतका काला दिन बिर्सेर 
हातमा हाल मिलाऊँ
गरेर नहुने र नसकिने के छ र  
निकालौ हामी भित्रको 
सुशुप्त रहेको सम्भावनाहरुलाई 
सूरुगरौं आजैबाट नयाँ गोरेटो खन्न 
घर समुन्नत र सम्पन्न पार्न
नयाँ यूगको शुरुवात गर्न आवश्यक भएको छ 
नयाँ विहानि ल्याउन जरुरी भएको छ । 



समाप्त

Sunday, 25 August 2013

लुटेको घन फूफूको श्राद्घ

प्रकाश आचार्य


बाहिर सुकिला जस्ता
मै हुँ चोखो भन्दै हिड्छन्
कामचोर, दामचोर, नाम चोरहरु ।
ढुक्छन् दाऊ हेर्छन् मौका छोप्छन् ।

मुख भरी रस पारेर
कमिसनको थुप्रो जता छ ।
आन्द्राभुँडी गनाए पनि
बोक्रो इमान्दार देखाउँदै ।
उतै अन्मरीइरहन्छन्

नेताजी को आदेश आए
नहुने पनि गरेकै छन् ।
चेलै मात्र भेटे पनि
जी हजुरी
लप्पसार परेकै छन् ।

कुहिएको गन्ध आउँछ
माथिका निर्देशन र आदेशहरु
आफैले घुसारेको घर्राबाट ठुस्ठुसी
त्यो पनि सुघ्न नसकेर
आफै मास्क लगाउँछन् ।



महिनै पिच्छे सिन्को नभाँच्नेको
स्वीकृत गर्छन् हप्ते भ्रमण
अव त यस्तो लाग्छ उनिहरुले
आफ्नै कामको पनि मुल्याङ्कन गरुन् ।

आफ्नै उछित्तो काड्ने छापालाई
महिनै पिच्छे मुख टालेर पाल्छन् ।
पाना भरि रङ्गिन विज्ञापन दिएर
क्षणिक ढाकछोप गर्न
टक्टक्याउँछ ढुकुटिकै धुलो ।

व्यवस्था गर्न जान्दैनन्
हुर्मत लिन्छन् व्यवस्थापनको ।
ऊनीहरु केही भन्न सक्दैनन्
मेलो नसार्ने कारिन्दाहरुलाई
प्रश्न उठ्छ यस्ता बेतुकका हाकिमप्रति
उनीहरुको पजेरो चढने हैसियत माथि ।

काम गर्ने र नगर्ने वीचको
समानता अन्त हुनु पर्छ ।
अब नामोनिसान मेटिनुु पर्छ
तर् मारेर मस्ती गर्र्नेहरुको
आफ्नो पूर्खाको सम्पत्ती सम्झेर
लुट्को धन फूफूको श्राद्घ गर्नेहरुको ।



Thursday, 23 May 2013

Pokhara Visit

मूसा


मूसा


कैलाशमा शिवको माया पाएको, गणेशको प्यार पाएको मूसो पृथ्विका मानिसलाई के टेथ्र्यो । अरु जीवहरुले जस्तै उसले पनि आफ्नो राज्य विस्तार गर्न लागि सकेको छ । मुसाकर्मको सर्वत्र बयान चल्न थालेको छ । उसका जाति, रङ्ग, आकार क्षमता आदीको अध्ययन अनुन्धान हुन थालेको छ । मूसाका विषयमा विद्यालय एवं विश्वविद्यालयहरुमा शोधपत्रहरु तयार हुन थालेका छन् । इन्टरनेटहरुमा मूसा माहात्म्य लेखिएको देख्न पाइन्छ ।
मुसाका ६५ जात हुँदारहेछन -wikipedia.org/wiki/Rat_ । शास्त्रीय हिसावले चिनमा १२ प्राणी मध्ये एक जसलाई एक राशि मानिने रहेछ । हिन्दु परम्परामा पनि कार्जे गर्दा पहिलो पूजा पाउने गणेशको बाहान । खानाको परिकारका रुपमा केही जातिले विशेष पनि मान्दा रहेछन् । जस्तै भारतको Mishmi संस्कृतिमा , नेपालकै मुसहर समुदायमा । यो मुसा आफैमा सर्प र विरालोको खाना । मुसो Hantavirus infection, Lassa fever को उपचारमा पनि प्रयोग हुने रहेछ । तालिम प्राप्त मुसा -Special African Jiant Pouches rats) ले Landmines समेत पत्ता लगाउँदो रहेछन् -wikipedia.org/wiki/Rat_। बैज्ञानिकहरुले मुसालाई अनुसन्धानमा पनि प्रयोग गर्दा रहेछन् ।
मुसाका धेरै जात मध्ये न्याउरी मुसा, घरमुसा, डुग्रे मुसा, ठूला ढलमा बस्ने मुसा, छुचुन्द्रा । न्याउरीले उति विगार गर्दैन, छुचुन्द्रो फोहोर ज्यादा गर्ने । रङ्गमा हेर्ने हो भने काला, खैरा, सेता, छिरविरे थरी गरीका । बैज्ञानिकहरुले मुसालाई निम्नाअनुसार Specis मा पर्ने उल्लेख गरेका छन् M
Kingdom: Animalia
Class: Mammalia
Superfamily: Muroidea
Family: Muridae
Sub family: Murinae
Genus: Rattus
-wikipedia.org/wiki/Rat_.
डुग्रे आकारमा सानो ! भनेर के गर्नु विगार उत्तिकै गर्न सक्ने । घोर्ले ! बढी फोहर नाली मा रमाउने घिन लाग्दो आकारमा विरालै जत्रो । कोहि मुसा निरन्तर छरिए पोखिएको खाने विगार त्यति नगर्ने कोही त खानु भन्दा विगार धेरै । कोही चाँही बाँडी चुँडी भाग लगाएर खाने, कोही एकल काट्टे जति भएपनि नपुग्ने दुला दुला मा थुपारेर राख्ने । तिनले पनि सन्तानको लागि चाहिन्छ भन्ने सोचे होलान नि कस्ता दुरदृष्टी भएका ।
भौतिक रुपमा केहि फाईदा भए पनि गुँणका हिसावले संसार कै टाउको दुखाइ भएको छ मुसा । हाम्रो गाऊँको अहिलेको मुख्य समस्या पनि मुसा ! ! घर होस या खेतवारी । मुसा नियन्त्रण गर्न वडा कार्यालयको र कम्पनीको पनि उद्देश्य त रहेछ तर कहाँको गर्नु । पहिले पहिले मुसाले त्यती दुखः नदिने रहेछन् । यसो पोखीएका छरीका खान्थे रे धेरै उबद्रो गरेको सुनिन्न थियो रे । केही समय देखि यिनिहरुको गतिबिधि बढेको रहेछ । आफु मात्र खाने हो र बाहिरका साथीभाई इष्टमित्रलाई समेत पु¥याउने ।
सुड कस्ता ! एकै छिनमा दुलो छेडेर यता बाट उता उ¥याउने । प्लालै प्लाल पारीसके एक घरबाट अर्को घरमा छिचोलेको छ । घरका झ्याल ढोलाका खापाहरु मुसाका नङग्रा र दाँतले दारेर छिया छिया पारिसकेका, भित्ताहरु समेत प्वालै प्वाल हिङ्ग परिसकेका छन् । छानाबाट समेत बर्षातको पानी तप तप तुहीने भैसकेको छ । पहिले देखिएको भन्दा विल्कुल फरक फुङ्ग उडेका, पँहेला विरुवाका पात, लथालिङ्ग र तहस नहस जमिन भैसकेको थियो । आज बनायो भोलि उस्तै हुन्छ । एक दिन बारिमा दुलो खन्दै गएको, कत्ति व्यवस्थीत रहेछ उनिहरुको बसाई त । पानी पनि नपस्ने गरी बनाएका रहेछन् । छ, सात तल नै बनाएको । अनि बस्नैको लागि हाम्रा घरबाट लुगा काटेर लगेर बनाएका विस्तरा होला तिनका बाक्ला म्याट्रेस । हामै्र घरका खाना खाएर मोटाएर रिस्टपुष्ट जिउ नै फुटला जस्ता राता पिरा छन् । हामि भने रातोदिन मुसाको बिग्विगिले चिन्तित भै दुब्लाउँदै गएका छौ ।
गाऊँ का मुसा देखेर म छक्क पर्छु कान ठाडो पारेर बस्दा रहेछन् । मान्छे आएको कति छिटो पत्तो पाउँछन् । भन्डारबाट लाँदै कता लगेर लुकाउँछन् कता । मुसाले लुकाउन लगेको ठाउँबाटै जम्मा पार्दै बेच्छन रे कम्पनीका सदस्यहरु भन्ने पो हल्ला पनि चलेको छ । मुसा फैलनुमा कम्पनीहरुको ठूलो हात छ । संक्रमित भैसकेका छन् तिनिहरु पनि मुसाबाट । हाम्रो गाऊँमा दुई समुह रहेछ मुसाको, एक रैथाने र अर्को विकासे, दुबै जात आफु आफुमा भेट्यो कि कोड भाषा पो बोल्छन् त । दुबैको गाउँमा आफनो समुहको प्रभुत्वको लागि झगडा पर्ने रहेछ । यी दुई समुह बाहेकका मुसाहरु चाँहि समुह बन्न नसक्ने रहेछन् । सबैलाई ठूलै हुनु पर्ने ।
मुसा नियन्त्रणको विषयका व्यापक चर्चा चलेको छ । गोष्ठी, सेमिनार, तालिम आयोजना हुन्छन् । जसमा मै ज्ञाता हु भन्नेहरुले भाषण पनि गर्छन् । मुसा नियन्त्रण गर्न नियम बनाईयो जसको लागि ठूलै बजेट छुट्टयाइयो । ढोका ढोकामा मुसा निषेध गर्ने स्टीकर पनि टाँसियो । यसै विषयमा विदेशिहरुको समेत चासो देखियो । फाटफुट मुसाहरु नमारिएको पनि हैनन् तर के गर्ने । मार्नको लागि पिठोमा औषधी राखियो, आधुनीक केक राखियो मरेकै हैन !! थाहा पाउँछन् कि के हो खान पनि छाडे । एक दुइवटा लाई त लखेटेर नै मारे गाउँलेले । तिनका सन्तान बढेका बढ्यै । मानिसका अगाडी नै आएर हाकाहाकी खाँदा पनि केहि गर्न सकेनन् । खाने त उनिहरुको अधिकारै जस्तो पो । मुसा मार्न पाईन्न हामिले पनि दुखः गरेरै खाने हो, नियमले दिएको, जातले दिएको पो भन्छन् रे त मुसाहरु ! बस्तीका खेतीपाति मात्र कहाँ हो र पसल, मल, डिपार्टमेन्टलस्टोर, होटल, ग्यारेज सबै तिर भ्याइसके । पत्याएको त छैन १ खानेकुरा लान दुलामा गुडने साधन बानाएका छन् रे त्यसमा राखेर सरर्र्र लान्छन् रे नपत्याउँ कसरी रातारात सबै सकिएको हुन्छ । खाने मात्र हो र घरहरु खन्ने, लुगा काट्ने१ बर्बादै पा¥यो । मुसाले रोग सार्ने हो कि भन्ने डर त पो लाग्दैछ मलाई । सबैलाई संक्रमित पार्ने प्लेग डरलाग्दो रोग भन्छन् बेलैमा नियन्त्रण नगरे !
असनबाट टाँस्ने ल्याएर मुसो हिन्ने बाटोमा टाँसे । त्यो बाटै हिन्न नै छाडिदियो । मार्न प¥यो भनेर खोर थापेँ कहिलेकाहीँ एक दुईवटा मात्र पर्छ । हुँदा हुँदा खोर भित्र राखेको मासुको डल्लै लिएर बाहिर भागेछ अस्ती त । खोर पो गतिलो भएन कि भनेर डिल्लीबजारबाट ल्याएँ, सुन्धाराबाट ल्याए परेको हैन । सर्ब उच्च खाल्को, विशेष खाल्को पासो ल्याएँ पैसैको मात्र नास भो । पासो त नाघेरै उम्कन्छ बा १ पल्ला गाउँको रामदाईको सल्लाहले उतैबाट विरालो ल्याएर पालेँ । विरालो मुसा मार्नुको साटो घरघरमा दुध खान ढुकेर बस्न थाल्यो । मुसाका पनि तह तह हुँदा रहेछन् कि १ आज एउटा लखेट्यो भोली त्यो भन्दा जन्ड अर्को आउँछ । खाने निहुमा मुसा बिच झगडा त पर्दोरहेछ । कस्ले धेरै खायो, कस्ले मिठो खायो, को बलिया,े को निर्दो यस्तै त हो संसारको रचना ।
मुखीया भनाउँदो छलफल राख्छ, नियन्त्रण गर्छु भन्छ छलफल सकियो उपनि कहाँ कहाँ । मुखीया परिवर्तन पनि गरियो नयाँ नयाँमा केहि गर्छु जस्तो गर्छ । तर आफ्नै व्यवसायमा मस्त हुन्छ । आउरे बाउरेले जे जे भन्यो तेही तालमा लाग्छ उस्ताको उस्तै । शान्ति गाउँको मुखीया पनि यहाँ हाएका थिए म नियन्त्रण गर्छु भनेर । तर के गर्नु कम्पनीहरुको दादागिरीले टिकिखान नै दिएनन् । विचरा सोझा रहेछन् । आफु पनि सुको नखाने आरुलाई नि खान नदिने के कुरो मिल्थ्यो र । केही समय अगाडी आएका जुँगे मुखीयाले दुलो खनेर केहि मुसा बोरामा हालेर किन यिनिहरुले यति बिधि धेरै विनास र उघ्र उपद्रो गर्ने भएका हुन भनेर जिन परिक्षण गर्न नक्साल पठाएछन् । त्यहाँको जाँचले तरिका अलि फरक छ । तर कहिले कहि त्यता नि सिकारु डाक्टरले विगारेको सुन्छु । भरखरै हेड डाक्टर नि फेरिएको छ रे । के गर्ने हो त्यसले भर छैन । मुसाका दुला त्यता नि पुगेको छ जस्तो लग्दै छ मलाई त । तर जुङ्गे साब विचैमा छोडेर गए । उनले अपनाएको उपाय पछि आउने मुखीयाले गलत भनेकोले रिसिएका रहेछन् । रविन्द्रदाईलाई भन्दै थिएरे मैले अपनाएका उपाय अपनाए केहि समयमा सबै विगार गर्ने मुसा नियन्त्रण हुन्छ ।
यस्तै हो विरालाहरुले मुसा मार्न छोडेपछि । मुसाले हाम्रो संरचना खतम पार्दै छन् । टोलकै बर्वाद पार्दै छ । यस्तै हुने हो भने सन्ततीले के खाने कसरी बस्ने सबैको चिन्ता त छ । यसबाट जोगाउनु पर्छ भन्नेमा त एक मत छन् तर नियन्त्रण गर्ने बेलामा तालै मिल्दैन । मुसालाई त के भो र यहाँको बस्ती सखाप भयो भने अर्को बस्तीमा पुगे भैगयो । किन मानिसलाई नै झम्टने भएका छन् मुसाहरु आजभोली ? यसको उत्तर खोज्नु परेको छ । जे होस हाम्रा टोलका बासिन्दा भन्दा संगठित र कर्तव्यनिष्ठ छन उनिहरु । सिक्नु पर्छ मानिसले उनिहरुबाट । मानिसहरु एकजुट हुने हो भने त मुसा लखेट्न सकिन्थ्यो । त्यसैले आफु आफुमा रहेको मनमुटाव र बैमनश्यलाइ छोडेर बर्षौं देखि दुखः को कमाइले जोडेकोे घर–खेत सन्ततिको लागि जोगाउँन पनि हामि मानिसहरु एक हुनु परेको छ । हाम्रो गाउँ पहिले कै जस्तो हराभरा, उर्वर बनाउन हरेकले लागि परौं । मुसा हिडने दुलाहरु एकपटक फेरी कहिल्यै खुल्न नसक्ने गरी टालौं । मुसा निषेधित क्षेत्र बनाऊँ । मुसाका लागि बलिया खोर निर्माण गरौं, हरेक घरमा पासो थाम्यौं । अनुसन्धान गरि तिनलाई मार्ने विषको विकास गरौं । मुसाको विरुद्घ संगठित भएर टोल, गाउँ, बस्तीबाट यो मुसा र मुसा जन्य प्रवृति बोकेका कम्पनीको पर्दाफास गरौं । मुसातन्त्रको अन्त्य गरौं । तिनको विनास गरौं । अनि मात्र हामी चैनको निद्रा सुत्न सक्ने छौं । हाम्रा सन्ततिको भविष्य सुनिस्चित गर्न सक्छौं ।

yaad ma

ऊन्लाई सधै फुल ठान्थे पीडा दिने काडा रहेछ ।
विश्वास गर्दा धात पाए यो मन सारै जल्दो रहेछ ।।

ऊन्को याद र सम्झनाले जिवनभरी भए अछुतो ।
के देखे छु के बुझेछु लाग्छ अ‍ैले सारै पछुतो ।।

मैले आनोे देखेपनी ऊन्ले पराई ठाने पछि ।
याद बाहेक के गर्न सक्छु एकान्तमा रुदै बसी ।।

मन्को पीडा झनै गड्यो दुख्ने लाई न दुखे पछी ।
व्यर्थै पिडा थप्छस आसु आखा“ बाट कीन खसी ।।

चन्चलता र मधुरताले नर्विसर्ने छाप छोड्यो ।
एक पल्को वार्तालापले ऊन्को मेरो नाता तोड्यो ।।

व्यथा त्यसै जती सम्झयो अझै झन बढी दिन्छ ।
ऊन्को याद विर्साउने दबाइ याहा“ कस्ले दिन्छ ।।

हा“सी हा“सी गला रेट्दा सहेरनै बस्नु प¥यो ।
अब जिउ“दो लासलाई किन चिल्लो घस्नु प¥यो ।।






फगत सपना पो





फगत रैछ सपनापो भाग्य मेरो ठगिएको ।
नदीहरुमा भिमकाय सुरुङ बाँध बाँधिएको ।
दन्कीएको रापझै फोहोरा बनाई खोलिएको ।
श्रम, शिप पसीनालाई जलधारामा घोलिएकोे ।

फलामका खामा गाडी तारहरु झोलिएको ।
अग्नीज्वाला विजुली भै उद्योगमा लगीएको ।
थोपाबाट नदी झै नगदमा जोडिएको ।
उन्नति र प्रगतिको बाटाहरु कोरिएको ।

पूर्व पश्चिम रेल कुद्यो सगरमाथा तारकार ।
शत्रु आए लडाउन बिजुली कै छेकबार ।
मेशीन चल्यो मल बन्यो तराई हराभरा ।
खेर जाने पानी खायो उम्रयो ठूटा जरा ।

प्रगतिका सपना मिठा विपनिमा बसाउँने कैले ?
छोरा, छोरी बहादुर ! नेपाल आमा हँसाउने कल्ले ?
न्यायदिने तराजुले कालोपाना फाल्ला जैले ।
सपनालाई कर्म बनाई आसा ज्योति बल्ला त्यैले ।