Thursday, 23 May 2013
फगत सपना पो
फगत रैछ सपनापो भाग्य मेरो ठगिएको ।
नदीहरुमा भिमकाय सुरुङ बाँध बाँधिएको ।
दन्कीएको रापझै फोहोरा बनाई खोलिएको ।
श्रम, शिप पसीनालाई जलधारामा घोलिएकोे ।
फलामका खामा गाडी तारहरु झोलिएको ।
अग्नीज्वाला विजुली भै उद्योगमा लगीएको ।
थोपाबाट नदी झै नगदमा जोडिएको ।
उन्नति र प्रगतिको बाटाहरु कोरिएको ।
पूर्व पश्चिम रेल कुद्यो सगरमाथा तारकार ।
शत्रु आए लडाउन बिजुली कै छेकबार ।
मेशीन चल्यो मल बन्यो तराई हराभरा ।
खेर जाने पानी खायो उम्रयो ठूटा जरा ।
प्रगतिका सपना मिठा विपनिमा बसाउँने कैले ?
छोरा, छोरी बहादुर ! नेपाल आमा हँसाउने कल्ले ?
न्यायदिने तराजुले कालोपाना फाल्ला जैले ।
सपनालाई कर्म बनाई आसा ज्योति बल्ला त्यैले ।
Labels:
NEW
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment