Wednesday, 13 August 2014


भ्रष्टाचार निवारक साबुन

                                                        प्रकाश आचार्य
इमान, जमान र सदाचार त्यागेर मान्छेहरु
जेथा, आभूषण र द्रब्य मोहमा डुवेका बेला
भ्रष्टाचार निवारक साबुन पाइए
भ्रष्टाचारीलाई मयल माडीमाडी नुहाइदिने थिएँ ।

सत्य सेवा सुरक्षणम्लाई कलंङ्कित गर्दै
घुषखोरी ब्रिफकेसका लाईन लागेको बेला
भ्रष्टाचार निवारक साबुन पाइए
भ्रष्टाचारीलाई फिँज निकालेर पखाल्दिने थिएँ ।

घृणित स्वार्थबस् नियम कानूनको दुर्नामकर्ताहरु नै
न्यायेश्वरको मूर्तिमा प्राण प्रतिष्ठा भएको बेला
भ्रष्टाचार निवारक साबुन पाइए
भ्रष्टाचारीलाई मिचिमिचि पखालिदिने थिएँ ।

गरीवी र विकासका बजेट दामासाहीमा परेर
गर्जोटार्न दाजुहरु मुग्लान पसेका बेला
भ्रष्टाचार निवारक साबुन पाइए
भ्रष्टाचारीलाई चिसैपानी खन्याएर पखाल्दिने थिएँ ।

श्रम इजाजत् र अध्यागमनका ठेकेदारी अभिष्टले
विक्षिप्त भै चेलीहरु खाडीबाट फर्किएकी बेला
भ्रष्टाचार निवारक साबुन पाइए
भ्रष्टाचारीलाई तातो पानी खन्याएर पखाल्दिने थिएँ ।


जनसेवक मर्यादा पूरुषका खोल ओढेर
उन्मत्त, उदण्ड औ हरामको राज छाएकोे बेला
भ्रष्टाचार निवारक साबुन पाइए
भ्रष्टाचारीलाई सिस्नो पानी र साबुन लगाएर पखाल्दिने थिएँ ।



Monday, 4 August 2014

बिजुलीघर

                             प्रकाश आचार्य

विवेक सुन्य निचहरु संग लामबद्घ छु ।
भ्रष्ट र दुष्टहरुको काममा आबद्घ छु ।
दुराचारीहरुको कृत्यमा सहयोगी छु ।
चाटुकारहरुको विचमा रुमलिएको छु ।

आफ्नो बस्ने घर जलेको हेरी बसेको छु ।
त्यै घरको आगो तापी खरानी घसेको छु ।
छिमेकीहरु गुहार गुहार कराई रहेछन् ।
आफन्त भानाउँदा चै गदगद भैरहेछन् ।

स्वार्थी मनहरु भित्तो चिथोरी रहेछन् ।
बेइमानी तनहरु छानो उधारी रहेछन् ।
कुटील भजनियाँहरु राग अलापिरहेछन् ।
अगस्ति जनहरु भत्तेर हसुरी रहेछन् ।

दन्कदो रापलाई निभाउने पानी माग्दैछु ।
त्रास र अन्योलको विच दौडी भाग्दैछु ।
न्याय दिने तराजु खोज्न दिनरात जाग्दैछु ।
बिजुलीघर जोगाउने बिर खोज्न लाग्दैछु ।