लुटेको घन फूफूको श्राद्घ
प्रकाश आचार्य
बाहिर सुकिला जस्ता
मै हुँ चोखो भन्दै हिड्छन्
कामचोर, दामचोर, नाम चोरहरु ।
ढुक्छन् दाऊ हेर्छन् मौका छोप्छन् ।
मुख भरी रस पारेर
कमिसनको थुप्रो जता छ ।
आन्द्राभुँडी गनाए पनि
बोक्रो इमान्दार देखाउँदै ।
उतै अन्मरीइरहन्छन्
नेताजी को आदेश आए
नहुने पनि गरेकै छन् ।
चेलै मात्र भेटे पनि
जी हजुरी
लप्पसार परेकै छन् ।
कुहिएको गन्ध आउँछ
माथिका निर्देशन र आदेशहरु
आफैले घुसारेको घर्राबाट ठुस्ठुसी
त्यो पनि सुघ्न नसकेर
आफै मास्क लगाउँछन् ।
महिनै पिच्छे सिन्को नभाँच्नेको
स्वीकृत गर्छन् हप्ते भ्रमण
अव त यस्तो लाग्छ उनिहरुले
आफ्नै कामको पनि मुल्याङ्कन गरुन् ।
आफ्नै उछित्तो काड्ने छापालाई
महिनै पिच्छे मुख टालेर पाल्छन् ।
पाना भरि रङ्गिन विज्ञापन दिएर
क्षणिक ढाकछोप गर्न
टक्टक्याउँछ ढुकुटिकै धुलो ।
व्यवस्था गर्न जान्दैनन्
हुर्मत लिन्छन् व्यवस्थापनको ।
ऊनीहरु केही भन्न सक्दैनन्
मेलो नसार्ने कारिन्दाहरुलाई
प्रश्न उठ्छ यस्ता बेतुकका हाकिमप्रति
उनीहरुको पजेरो चढने हैसियत माथि ।
काम गर्ने र नगर्ने वीचको
समानता अन्त हुनु पर्छ ।
अब नामोनिसान मेटिनुु पर्छ
तर् मारेर मस्ती गर्र्नेहरुको
आफ्नो पूर्खाको सम्पत्ती सम्झेर
लुट्को धन फूफूको श्राद्घ गर्नेहरुको ।
No comments:
Post a Comment