दुष्ट लामखुट्टे
प्रकाश आचार्य
आइरहेछन् बेमौसममै पनि
उनिहरु कै प्रीय छ वातावरण
जाडो गर्मि हिउँद बर्षा
बाह्रै महिना निर्धक्क उँड्दै
दिन–रात,
साँझ–विहान
हामीलार्इ सताउँदै
शहर—गाउँ,
हिमाल–पहाड–तरार्इ
स्याऊ स्याऊ छन् लामखुट्टे
रातो पिरो देखिन्छन्
मान्छेको रगतकै प्रतिविम्ब झै ।
लामखुट्टेले लामखुट्टेलार्इ कहिले चुसेका छन् र
चुसार्इमा त
हाम्रा नमुखा बा, आमा,
दाजु–भाइ, दिदी – बहिनी परेका छन्
जाति,लिङ्ग, वर्ण, धर्म विना भेदभाव डसिएका छन् ।
स्कुलेबच्चा, विदेशीने युवा, अस्पतालका विरामी
किसान, मजदुर, शिक्षक, गृहणि, कर्मचारी
बचेका छैन न, व्यवसायी र सर्वसाधारण पनि ।
व्याप्त छन् पुलिस चौकी, सरकारी–निजी
कार्यालयहरुमा
पत्रकारका छापाखाना, साहित्यकार र कलाकारका निवासमा
पुगेका छन् छाप्रो देखी महल,
गाविस देखी सिंहदरवार सम्म
जेल, अदालत, सर्तकता देखि अख्तियार
हेर्दा हेर्दै आफ्नै कार्यालय भित्र पनि
पसिसके छन् ।
फगत प्रितरोधक सामग्रीको खरीदमा पैसा
पुग्छ विदेश ।
झुललार्इ समेत प्रतिकार गर्छन्
धुप बाले पनि व्याटले हाने पनि ट्स्मस
छैन
आज भोली त लोडसेडिङ्गले अन्धकार छ म्याट
बाल्ने त कुरै छैन ।
उज्यालो छर्ने खोला निरन्तर बगीरहेछ
दक्षिण तिर ।
निन्द्रामा टुर्इ……य को आवाज आउँछ
बिउँझिएर मध्यरातमा
थपडी मार्दै नाचिरहनु पर्छ कोठाका कुना
कुनामा ।
खार्इसके होलान् ट्यांकरका ट्यांकर रगत
अघाएका छैनन् तैपनी अझै दुष्ट फटफटेहरु
मस्त घुम्छन् रकेट् झै।
सुँड घुसारेको पत्तै नपार्इ छाला कन्याइरहेका
छौं
पिँडुलामा टोक्दा खुट्टा बजार्छौ
हातमा टोक्दा पाखुरा थचार्छौ
गालामा टोक्छन् चड्कन हान्यो आफैलार्इ
दुख्छ
डावरै डावरले भरीएका अनुहारमा
क्रिम दलेर राम्रा हुन खोज्छौं ।
हामिहरुलार्इ चुसेर
हाम्रै वरपर रगतका अग्ला महल बनाएको
नतमस्तक भएर हेरेका छौं
नैसर्गिक अधिकार हो भन्छ टोक्नु खुल्ला
चुनौति दिंदै
कानमै कराएर लल्कार्दै छ
सक्छौ भने कारवाही गर
सिंहदरवारको कुर्सिमा बस्नेलार्इ त चुसें
बालुवाटारमा आउनेलार्इ छानी छानी चुसें
नेता जस्ताको त मन र तन मै घुसें
तिमिहरु जस्ताको के कुरा भन्दै
मेरो दलीनमा आएर कुर्लन्छन्
औलो, डेंग्यु, हात्तिपाइले, मेनेन्जाइटिस, इन्सेफलाइटिस !!!
सम्झेर डराउँछु ।
अचानक् ठूला आवाज सुनिन्छ
जमिनमा केहि पँखेटा डढेका लामखुट्टेहरु
देखिन्छन्
आल्मुनियम जलेको गन्ध आइरहेको छ
गन्ध आएको ट्रान्स्फरमर वरपरका क्षेत्र
अन्धकार देखिन्छ
खबर पत्रपत्रिका, एफ. एम. र टि. भि. मा फुकियो
भोलिपल्टै रुवाबासी
गर्दै लामखुट्टेहरु जम्मा हुन्छन्
आफ्नो सेन्डीकेट कायम गर्ने बारे छलफल गर्छन्
।
विकास ठप्प छ
रोजगारी छैन
राज्यको खर्च बालुवामा पानी झै भएको छ
लामखुट्टे नै हो देश वर्वाद भैरहेको मुख्य
कारण
त्यसैले तिनिहरुले खाएको थोपाथोपा रगतको
खोजी गरौं
यो दुष्ट लामखुट्टेका बिरुद्ध अझ कडा कानुन
बनाउँ
आफू पालना गरौं
अरुलार्इ
गर भनौ
खाडल
पुरौं, झाडि फाँडौं, औषधि छिटौं, झुल लगाउँ
लामखुट्टे
बहिष्कारको अभियान चलाउँ
घर–घरबाट
खेदौ , टोल–टोलबाट लखेटौं
कार्यालय–कार्यालयबाट
भगाउँ
दुष्ट
र भ्रष्ट लामखुट्टे
देशबाटै
निमूर्ल पारौं ।।
No comments:
Post a Comment