कालाम्य बिहानी
गुडेन घामको रातो पांग्रो
अकल्पनिय भै अलप भो राप,
टल्कियो कालो दाग
पँहेलो तेज अनायास कालाम्य बिहानी
क्षितिजको कलिलो पना अलप
हटात निस्पट्ट अन्धकार ।
सेता परेवा कौवा जस्ता देखिए
बासेको छैन डाँफे
सिम्रीक हो या मोसो छुट्टीन्न
सेता हिमाल केवल काला पहाड झँै
गोठमा गाईको पुच्छरले
प्याट् प्याट् लाम्खुट्टे धपाएको आवाज छ
गुराँसका थुँगामा गौण भो सुवास
लाटोकोसेरो र चमेराहरुको फटफटाहट
सिधासादा जन, रात्रीको भ्रम भै निन्द्रामा मस्त
कल्साउँदो रातमा रमाउने दङ्ग्याहाहरु
निर्लज्ज नाच्दो छन्, दर्गुदो छन्
कर्तुतमा लिन छन ्कुदिनका कल्पनाकारहरु ।
सदैब ग्रहण अन्तको कामना
सुनौला बिहानीको व्यग्र प्रतिक्षामा ।
No comments:
Post a Comment