Sunday, 12 April 2026

मुसा

मूसा

प्रकाश आचार्य

 

कैलाशमा शिवको माया पाएको, गणेशको प्यार पाएको मूसो पृथ्विका मानिसलाई के टिक्थ्यो । अरु जीवहरुले जस्तै उसले पनि आफ्नो राज्य विस्तार गर्न लागि सकेको छ । मुसाकर्मको सर्वत्र बयान चल्न थालेको छ । उसका जाति, रङ्ग, आकार क्षमता आदीको अध्ययन अनुन्धान  हुन थालेको छ । मूसाका विषयमा विद्यालय एवं विश्वविद्यालयहरुमा शोधपत्रहरु तयार हुन थालेका छन् । इन्टरनेटहरुमा मूसा माहात्म्य लेखिएको देख्न पाइन्छ ।

मुसाका ६५ जात हुँदारहेछन -wikipedia.org/wiki/Rat_ । शास्त्रीय हिसावले चिनमा १२ प्राणी मध्ये एक जसलाई एक राशि मानिने रहेछ । हिन्दु परम्परामा पनि कार्जे गर्दा पहिलो पूजा पाउने गणेशको  बाहान । खानाको परिकारका रुपमा  केही जातिले विशेष पनि मान्दा रहेछन् । जस्तै भारतको Mishmi संस्कृतिमा , नेपालकै मुसहर समुदायमा । यो मुसा आफैमा सर्प र विरालोको खाना । मुसो Hantavirus infection, Lassa fever को उपचारमा पनि प्रयोग हुने रहेछ । तालिम प्राप्त मुसा -Special African Jiant Pouches rats) ले Landmines समेत पत्ता लगाउँदो रहेछन् -wikipedia.org/wiki/Rat_। बैज्ञानिकहरुले मुसालाई अनुसन्धानमा पनि प्रयोग गर्दा रहेछन् ।

     मुसाका धेरै जात मध्ये न्याउरी मुसा, घरमुसा, डुग्रे मुसा, ठूला ढलमा बस्ने मुसा, छुचुन्द्रा ।  न्याउरीले उति विगार गर्दैन, छुचुन्द्रो फोहोर ज्यादा गर्ने । रङ्गमा हेर्ने हो भने काला, खैरा, सेता, छिरविरे थरी गरीका । बैज्ञानिकहरुले मुसालाई निम्नाअनुसार Specis मा पर्ने उल्लेख गरेका छन् M

Kingdom: Animalia

Class: Mammalia

 Superfamily: Muroidea

 Family: Muridae

 Sub family: Murinae

 Genus: Rattus

 -wikipedia.org/wiki/Rat_.

डुग्रे आकारमा सानो ! भनेर के गर्नु विगार उत्तिकै गर्न सक्ने । घोर्ले ! बढी फोहर नाली मा रमाउने घिन लाग्दो आकारमा विरालै जत्रो । कोहि मुसा निरन्तर छरिए पोखिएको खाने विगार त्यति नगर्ने कोही त खानु भन्दा विगार धेरै । कोही चाँही बाँडी चुँडी भाग लगाएर खाने, कोही एकल काट्टे जति भएपनि नपुग्ने दुला दुला मा थुपारेर राख्ने । तिनले पनि सन्तानको लागि चाहिन्छ भन्ने सोचे होलान नि कस्ता दुरदृष्टी भएका ।

भौतिक रुपमा केहि फाईदा भए पनि गुँणका हिसावले संसार कै टाउको दुखाइ भएको छ मुसा । हाम्रो गाऊँको अहिलेको मुख्य समस्या पनि मुसा ! ! घर होस या खेतवारी । मुसा नियन्त्रण गर्न वडा कार्यालयको र कम्पनीको पनि उद्देश्य त रहेछ तर कहाँको गर्नु । पहिले पहिले मुसाले त्यती दुखः नदिने रहेछन् । यसो पोखीएका छरीका खान्थे रे धेरै उबद्रो गरेको सुनिन्न थियो रे । केही समय देखि यिनिहरुको गतिबिधि बढेको रहेछ । आफु मात्र खाने हो र बाहिरका साथीभाई इष्टमित्रलाई समेत पु¥याउने ।

सुड कस्ता ! एकै छिनमा दुलो छेडेर यता बाट उता उ¥याउने । प्लालै प्लाल पारीसके एक घरबाट अर्को घरमा छिचोलेको छ । घरका झ्याल ढोलाका खापाहरु मुसाका नङग्रा र दाँतले दारेर छिया छिया पारिसकेका, भित्ताहरु समेत प्वालै प्वाल हिङ्ग परिसकेका छन् । छानाबाट समेत बर्षातको पानी तप तप तुहीने भैसकेको छ । पहिले देखिएको भन्दा विल्कुल फरक फुङ्ग उडेका, पँहेला विरुवाका पात, लथालिङ्ग र तहस नहस जमिन भैसकेको थियो । आज बनायो भोलि उस्तै हुन्छ । एक दिन बारिमा दुलो खन्दै गएको, कत्ति व्यवस्थीत रहेछ उनिहरुको बसाई त । पानी पनि नपस्ने गरी बनाएका रहेछन् । छ, सात तल नै बनाएको । अनि बस्नैको लागि हाम्रा घरबाट लुगा काटेर लगेर बनाएका विस्तरा होला तिनका बाक्ला म्याट्रेस । हामै्र घरका खाना खाएर मोटाएर रिस्टपुष्ट जिउ नै फुटला जस्ता राता पिरा छन् । हामि भने रातोदिन मुसाको बिग्विगिले चिन्तित भै दुब्लाउँदै गएका छौ ।

गाऊँ का मुसा देखेर म छक्क पर्छु कान ठाडो पारेर बस्दा रहेछन् । मान्छे आएको कति छिटो पत्तो पाउँछन् । भन्डारबाट लाँदै कता लगेर लुकाउँछन् कता । मुसाले लुकाउन लगेको ठाउँबाटै जम्मा पार्दै बेच्छन रे कम्पनीका सदस्यहरु भन्ने पो हल्ला पनि चलेको छ । मुसा फैलनुमा कम्पनीहरुको ठूलो हात छ । संक्रमित भैसकेका छन् तिनिहरु पनि मुसाबाट । हाम्रो गाऊँमा दुई समुह रहेछ मुसाको, एक रैथाने र अर्को विकासे, दुबै जात आफु आफुमा भेट्यो कि कोड भाषा पो बोल्छन् त । दुबैको गाउँमा आफनो समुहको प्रभुत्वको लागि झगडा पर्ने रहेछ । यी दुई समुह बाहेकका मुसाहरु चाँहि समुह बन्न नसक्ने रहेछन् । सबैलाई ठूलै हुनु पर्ने ।

मुसा नियन्त्रणको विषयका व्यापक चर्चा चलेको छ । गोष्ठी, सेमिनार, तालिम आयोजना हुन्छन् । जसमा मै ज्ञाता हु भन्नेहरुले भाषण पनि गर्छन् । मुसा नियन्त्रण गर्न नियम बनाईयो जसको लागि ठूलै बजेट छुट्टयाइयो । ढोका ढोकामा मुसा निषेध गर्ने स्टीकर पनि टाँसियो । यसै विषयमा विदेशिहरुको समेत चासो देखियो । फाटफुट मुसाहरु नमारिएको पनि हैनन् तर के गर्ने । मार्नको लागि पिठोमा औषधी राखियो, आधुनीक केक राखियो मरेकै हैन !! थाहा पाउँछन् कि के हो खान पनि छाडे । एक दुइवटा लाई त लखेटेर नै मारे गाउँलेले । तिनका सन्तान बढेका बढ्यै । मानिसका अगाडी नै आएर हाकाहाकी खाँदा पनि केहि गर्न सकेनन् । खाने त उनिहरुको अधिकारै जस्तो पो । मुसा मार्न पाईन्न हामिले पनि दुखः गरेरै खाने हो, नियमले दिएको, जातले दिएको पो भन्छन् रे त मुसाहरु ! बस्तीका खेतीपाति मात्र कहाँ हो र पसल, मल, डिपार्टमेन्टलस्टोर, होटल, ग्यारेज सबै तिर भ्याइसके । पत्याएको त छैन १ खानेकुरा लान दुलामा गुडने साधन बानाएका छन् रे त्यसमा राखेर सरर्र्र लान्छन् रे नपत्याउँ कसरी रातारात सबै सकिएको हुन्छ । खाने मात्र हो र घरहरु खन्ने, लुगा काट्ने१ बर्बादै   पा¥यो । मुसाले रोग सार्ने हो कि भन्ने डर त पो लाग्दैछ मलाई । सबैलाई संक्रमित पार्ने प्लेग डरलाग्दो रोग भन्छन् बेलैमा नियन्त्रण नगरे !

असनबाट टाँस्ने ल्याएर मुसो हिन्ने बाटोमा टाँसे । त्यो बाटै हिन्न नै छाडिदियो । मार्न प¥यो भनेर खोर थापेँ कहिलेकाहीँ एक दुईवटा मात्र पर्छ । हुँदा हुँदा खोर भित्र राखेको मासुको डल्लै लिएर बाहिर भागेछ अस्ती त । खोर पो गतिलो भएन कि भनेर डिल्लीबजारबाट ल्याएँ, सुन्धाराबाट ल्याए परेको हैन ।    सर्ब उच्च खाल्को, विशेष खाल्को पासो ल्याएँ पैसैको मात्र नास भो । पासो त नाघेरै उम्कन्छ बा १ पल्ला गाउँको रामदाईको सल्लाहले उतैबाट विरालो ल्याएर पालेँ । विरालो मुसा मार्नुको साटो घरघरमा दुध खान ढुकेर बस्न थाल्यो । मुसाका पनि तह तह हुँदा रहेछन् कि १ आज एउटा लखेट्यो भोली त्यो भन्दा जन्ड अर्को आउँछ । खाने निहुमा मुसा बिच झगडा त पर्दोरहेछ  । कस्ले धेरै खायो, कस्ले मिठो खायो, को बलियाे को निर्दो यस्तै त हो संसारको रचना ।

मुखीया भनाउँदो छलफल राख्छ, नियन्त्रण गर्छु भन्छ छलफल सकियो उपनि कहाँ कहाँ । मुखीया परिवर्तन पनि गरियो नयाँ नयाँमा केहि गर्छु जस्तो गर्छ । तर आफ्नै व्यवसायमा मस्त हुन्छ । आउरे बाउरेले जे जे भन्यो तेही तालमा लाग्छ उस्ताको उस्तै । शान्ति गाउँको मुखीया पनि यहाँ हाएका थिए म नियन्त्रण गर्छु भनेर । तर के गर्नु कम्पनीहरुको दादागिरीले टिकिखान नै दिएनन् । विचरा सोझा रहेछन् । आफु पनि सुको नखाने आरुलाई नि खान नदिने के कुरो मिल्थ्यो र । केही समय अगाडी आएका जुँगे मुखीयाले दुलो खनेर केहि मुसा बोरामा हालेर किन यिनिहरुले यति बिधि धेरै विनास र उघ्र उपद्रो गर्ने भएका हुन भनेर जिन परिक्षण गर्न नक्साल पठाएछन् । त्यहाँको जाँचले तरिका अलि फरक छ । तर कहिले कहि त्यता नि सिकारु डाक्टरले विगारेको सुन्छु । भरखरै हेड डाक्टर नि फेरिएको छ रे । के गर्ने हो त्यसले भर छैन । मुसाका दुला त्यता नि पुगेको छ जस्तो लग्दै छ मलाई त । तर जुङ्गे साब विचैमा छोडेर गए । उनले अपनाएको उपाय पछि आउने मुखीयाले गलत भनेकोले रिसिएका   रहेछन् । रविन्द्रदाईलाई भन्दै थिएरे मैले अपनाएका उपाय अपनाए केहि समयमा सबै विगार गर्ने मुसा नियन्त्रण हुन्छ ।

यस्तै हो विरालाहरुले मुसा मार्न छोडेपछि । मुसाले हाम्रो संरचना खतम पार्दै छन् । टोलकै बर्वाद पार्दै छ । यस्तै हुने हो भने सन्ततीले के खाने कसरी बस्ने सबैको चिन्ता त छ । यसबाट जोगाउनु पर्छ भन्नेमा त एक मत छन् तर नियन्त्रण गर्ने बेलामा तालै मिल्दैन । मुसालाई त के भो र यहाँको बस्ती सखाप भयो भने अर्को बस्तीमा पुगे भैगयो । किन मानिसलाई नै झम्टने भएका छन् मुसाहरु आजभोली ? यसको उत्तर खोज्नु परेको छ । जे होस हाम्रा टोलका बासिन्दा भन्दा संगठित र कर्तव्यनिष्ठ छन उनिहरु । सिक्नु पर्छ मानिसले उनिहरुबाट । मानिसहरु एकजुट हुने हो भने त मुसा लखेट्न सकिन्थ्यो । त्यसैले आफु आफुमा रहेको मनमुटाव र बैमनश्यलाइ छोडेर बर्षौं देखि दुखः को कमाइले जोडेको घर–खेत सन्ततिको लागि जोगाउँन पनि हामि मानिसहरु एक हुनु परेको छ । हाम्रो गाउँ पहिले कै जस्तो हराभरा, उर्वर बनाउन हरेकले लागि परौं । मुसा हिडने दुलाहरु एकपटक फेरी कहिल्यै खुल्न नसक्ने गरी टालौं । मुसा निषेधित क्षेत्र बनाऊँ । मुसाका लागि बलिया खोर निर्माण गरौं, हरेक घरमा पासो थाम्यौं । अनुसन्धान गरि तिनलाई मार्ने विषको विकास गरौं । मुसाको विरुद्घ संगठित भएर टोल, गाउँ, बस्तीबाट यो मुसा र मुसा जन्य प्रवृति बोकेका कम्पनीको पर्दाफास गरौं । मुसातन्त्रको अन्त्य गरौं । तिनको विनास गरौं । अनि मात्र हामी चैनको निद्रा सुत्न सक्ने छौं । हाम्रा सन्ततिको भविष्य सुनिस्चित गर्न सक्छौं ।


No comments: