तिम्रो बुद्धि
भ्रष्टाचारको कुण्डमा चुर्लुम्म दुबेको भए
तिमी पनि पा“च तले घरमा हुन्थ्यो
तिम्री श्रीमती सुनले झकीझकाउ
तिम्रा छोरा छोरी विदेश अध्ययनमा
तिम्रो पनी चिल्लो कार
सकेको भए लिप्त हुन
हजुरी र चाकरीमा
तिमी पनि उच्चतहमा हुन थियौ
तिम्रो श्रीमती व्यूटीपार्लर
तिम्रो छोरा छोरी डिस्को र पव
तिम्रो जिवन पनि साकार
कसैले भनेको मानिदिएको भए
तिमी पनि चिटिक्क, टाई र सुटमा
तिम्री श्रीमतीको विदेशी फेसन
तिम्रो छोरा छोरी रेष्टुरेन्टबार
तिमी जहा“ज“ादा पनि सिष्टाचार
धिक्कार छ तिम्रो बुद्धि,
इमान्दारीता र कर्तव्य निष्ठतालाई
तिम्रो पानी चुहीने झुप्रेघर
तिम्री श्रीमतीको फाटेको धोती
तिम्रो छोराछोरीको बेहाल
तिम्रो परिवारको चित्कार
No comments:
Post a Comment