Tuesday, 6 December 2011

तिम्रो बुद्धि

भ्रष्टाचारको कुण्डमा चुर्लुम्म दुबेको भए
तिमी पनि आलिसान महलमा हुन्थ्यौ
तिम्री श्रीमती सुनले झकीझकाउ
तिम्रा छोरा छोरी विदेश अध्ययनमा
तिम्रो पनि चिल्लो कार

सकेको भए लिप्त हुन
हजुरी र चाकरीमा
तिमी पनि उच्चतहमा हुने थियौ
तिम्रो श्रीमती व्यूटीपार्लर
तिम्रो छोरा छोरी डिस्को र पव
तिम्रो जीवन पनि साकार

दुराचारीले भनेको मानिदिएको भए
तिमी पनि चिटिक्क, टाई र सुटमा
तिम्री श्रीमतीको विदेशी फेसन
तिम्रो छोरा छोरी रेष्टुरेन्टबार
तिमी जहा“ ज“ादा पनि सिष्टाचार

धिक्कार छ तिम्रो बुद्धि,
इमान्दारीता र कर्तव्य निष्ठतालाई
तिम्रो पानी चुहीने झुप्रेघर
तिम्री श्रीमतीको फाटेको धोती
तिम्रो छोराछोरीको बेहाल
तिम्रो परिवारको चित्कार

प्रकाश आचार्य

1 comment:

Rajan said...

ekdum jhakas poem cha hai sir .