नरक कुण्ड
विवेक सुन्य निचहरु संग लामबद्घ छु ।
भ्रष्ट र दुष्टहरुको काममा आबद्घ छु ।
लाचार र दुराचारीहरुको कृत्यमा सहयोगी छु ।
चाकरी र चाटुकारहरुको विचमा रुमलिएको छ ु ।
आफु बसेको घर जलेको हेरी बसेको छु ।
त्यै घरको आगो तापी खरानी घसेको छु ।
छिमेकीहरु गुहार गुहार कराई रहेछन् ।
आãनै परिवार तालिबजाई रमाई रहेछन् ।
कसरी भन्न सक्छु म अरु भन्दा भिन्न छु ।
त्यसैले त म जहाँ छु असाध्यै खिन्न छु ।
नसोचेको कहाँ हो र नरक कुण्डलाई चोख्याउन ।
नखोजेको कहाँ हो र परिवर्तनको हुरी ल्याउन ।
ढुबेको उतार्नु प¥यो लौ को को सक्छ सघाउन ।
हिम्मत छ ?कस्मा लास जाग्ने अमृत पियाउन ।
No comments:
Post a Comment