हाँडी, मकै र कप्टेरो
प्रकाश आचार्य
कुमालेको चक्रमा बनाएको हाँडी
बसालिन्छ चूलोमा
मकै भुट्ने विशेष प्रयोजनकोलागि
ग्याँस, विजुली या दाउरा
पिँध राप अनुसार रंङ्गिन्छ, चिरिन्छ
मकै,
सुनौला, मुरली, चौवासे, हाइब्रिड
जुन जातको होस्
पोटिलो, सेप्रो, चाउरीएको
पँहेलोे, सेतो
जस्तो रङ्ग रुपका दानाहरु हुन्
खुकुरीले चिरेको मोटा मसिना कप्टेरा
थोत्रो झुम्रले बाँधेर
कहिले चुरा बजाउनेले चलाउँछे
कहिले चुरा नबजाउनेले चलाउँछ
दुईचार गेडो फूल बनेर
बाहिरिन्छ हाँडीको मुखबाट
स्वतन्त्रताको अनुभूतिमा
हत्तपत्त छोप्छ कप्टेरोवालाले
मकै पट्याङ्गपुटुङ्ग गर्दै बिर्को फालौझैगर्छ
फगत ठोकिएर फिर्ता हुन्छ हाँडीमै
सर्याङ सर्याङ गर्दै चलाउनेको तालमा
हाँडिको कहिले यताकुना कहिले उताकुना
गुडी रहन्छन् फूल बन्ने आसमा
पिँधमा रगडीइरहन्छन् दरालिइरहन्छन्
रापको उतारचडावको पत्तै पाउँदैनन्
जिउभरी डाम लागेको
मरीचे दाना डडेर हुन्छन् कालाम्यै
अनायास राप ओज्याउँछ
हाँडीको पिँधमा लागेको ज्वाला
धिपधिप गर्दै निब्छ
बिचरो मकैकोे फूल हुने सपना
तुहिएर ठेट्नै रहन्छ ।
g]kfn ljB't k|flws/0fsf] #! cf}+ aflif{sf]T;jsf] pknIodf
3 comments:
प्रकाशजी कविता लेख्न नछोड्नु होला है !
प्रकाशजी कविता लेख्न नछोड्नु होला है !
हुन्छ सर सरहरुकै चेलाे त हुँ ।
Post a Comment